शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना रोकथाममा भएका सम्पुर्ण खर्च सदनलाई जानकारी गराउन सांसद थापाको माग


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २७, २०७७
  • 334
    SHARES

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथामका भएका सम्पुर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसंग माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि भएको भनिएको १० अर्ब खर्चको एक एक हिसाब सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले दंम्भ र भ्रष्टाचारमा लिप्त सरकारले जनता र मुलुकलाई कोरोना मुक्त बनाउन नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “यो सरकारले कोरोनाको लडाईबाट हामीलाई पार लगाउन सक्क्तैन । अब हामी सहयोग गर्दौ भनेर मात्रै बस्दैनौ । अब हामी प्रश्न गर्छो । उत्तर चाहन्छौ र सरकारलाई जवाफदेही बनाएर छाड्छौ । हामीलाई अब उत्तर चाहिन्छ सम्माननीय सभामुख महोदय । १० अर्ब रुपैया खर्च कहाँ भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । हामीलाई एक एक कुराको हिसाबकिताब चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो र्निलज्जताको पराकाष्ट हो । हामीलाई हिसाब चाहिन्छ । ”

प्रतिनिधिसभामा आफुहरुले माग देखि नै कोरोना संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सर्तकताका बारे आफूहरुले आवाज उठाउदै आए पनि सरकारले नसुनेको भन्दौ आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो “न हाम्रो सुन्यो , न अदालतको सुन्यो , न प्रेसको सुन्यो , न नागरिकको सुन्यो । कसैको सुनेन । नसुन्दै गर्दा नियन्त्रणमै रहेर पनि आज हाम्रो अवस्था यस्तो भएको छ । यसको दोष कस्को ? के कानुनले गर्दा रोकेको हो ? के ढुकुटीमा पैसा नभएर रोकिएको हो ? के कांग्रेसले रोकेको हो ? कि अदालतले रोकेको हो ? कस्ले रोकेको हो ? यो रोकेको केबल सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अंहकारले रोकेको हो । सरकारको अर्कमण्डयताले रोकेको हो । सरकारको असक्षमताको कारणले गर्दा आज हामीले यो अवस्था व्यहोर्नु परेको छ । ”

उहाँले क्वारेन्टाइनको व्यवस्थापन राम्रो हुन नसकेको को आपत्ती जनाउदै प्रश्न गर्नुभयो

“यो क्वारेन्टाइन हो कि मान्छे मान्र्छे कन्सन्ट्रेशन क्याम्प हो ? हामीलाई यसको जवाफ चाहिन्छ । ”

उहाँले कोरोनबाट मृत्यु भएकाको तथ्यांक संकलन तथा सो क्रममा विभिन्न कारणले ज्यान गुमाउनु परेकाको सरकारले सम्बोधन नगरेकोमा आक्रोेश पोख्नुभयो ।

उहाँले भन्नुभयो “नेपाल भन्दा बाहिर १ सय २७ जना नेपालीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालय भन्दछ नेपाल भित्र १४ जनाको मृत्यु भएको छ । ३७ सय ६२ जना संक्रमित भएका छन् । तर के मृत्यु हुनेको संख्या १४ मात्रै हो ? त्यसो भए भोकबाट मारिएका सुर्य बहादुर तामाङ्ग र झुण्डिएर मरेका चन्द्र बहादुर परियार र औषधी खान नपाएर मरेकी कंका देवी बोहरा वा सुत्केरी भएर अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकायको मृत्युको जिम्मा कस्ले लिन्छ । क्वारेन्टाईनमा मृत्यु भएकी सुनिता लोहारको मृत्युको जिम्मा कसले लिन्छ ? वा झुण्डिएर मर्न बाध्य भएका लिला बल्लभ र आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आउजीको मृत्युको जिम्मा कसले लिन्छ ? ”

अदालत, संसद, विज्ञ सबैले पिसिआर परीक्षणको दायरा बढाउन भनेपनि सरकारले वेवास्ता गरेको, सुदुर पश्चिममा स्वाव संकलन रोकिएको , प्रदेश २ मा परीक्षणको रिपोर्ट आउन ढिलाई भईरहदा सरकारले क्वारेन्टाइनमा बसेका र मरेका व्यक्तिको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाएको भन्दै उहाँले आपत्ती जनाउनुभयो ।

“अव क्वारेन्टाइनम बसेको मान्छेको परीक्षण नगर्ने रे । बरु सरकारले यसो गरे हुन्छ । टेस्ट गर्न बन्द गरिदिने अनि नेपाललाई कोरोना फ्रि देश भन्दिने । किन कि परीक्षण नभएपछि संक्रमण एक जनाको पनि देखिन्न । जवाफ चाहियो ? जिम्मा कसले लिने हो ?प्रधानमन्त्रीले भन्नुभएको हो यसो गर्नलाई ? स्वास्थ्य मन्त्रीले भन्नुभएको हो ? एक जना दुई जना निर्देा कर्मचारीलाई सरुवा गरेर दोष बाट र अपराधबाट भाग्न पाईन्न । ”

विज्ञहरु संगै स्वास्थ्य मन्त्रालयले आरडीटी परीक्षण काम लाग्दैन भन्दा भन्दै सरकारले आरडिटी परीक्षणलाई जारी राखेकोमा पनि कांग्रेसले आपत्ती जनाएको छ ।

सांसद थापाले भन्नुभयो “ न यो विश्वसनिय छ ? न नेपालको संक्रमणको अवस्थामा यसको औचित्य छ । तर जबरजस्ती आरडिटी परीक्षण गर्ने यो अपराधको जिम्मा कसले लिन्छ ? हामीलाई जवाफ चाहिन्छ । मृत्यु भईसकेका मान्छेको स्वाव परीक्षण नगर्ने कस्ले भन्यो हामीलाई जवाफ चाहिन्छ । ”

उहाँले अस्पतालको तयारी , संक्रमित बढ्दै गर्दा कुन अस्पतालमकति सामाग्री थपिया,े कति जनशक्ति थपियो भन्ने बारे पनि सरकारले जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

उहाँले विदेशबाट ल्याउने भनिएको नेपाली नागरिक, कोरोना भन्दा बाहेक अन्य विरामीको उपचारको व्यवस्थामा सरकार गम्भीर हुन नसकेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “विदेशमा भएका नेपालीलाई ल्याउने भनेर निर्णय गरियो अहिले कुन एयरलाइन्सले बोक्ने भनेर झगडा गरेर आउन आतुर भएर बसेका नेपाली माथि यत्रो ठूलो बज्रपात गर्ने ? जवाफ चाहिन्छ । गर्भवती महिला देखि खोप पाउने बालिका सम्म, दीर्घ रोगीका विरामीले औषधी किन पाएनन् ? जवाफ चाहिन्छ । कृषक मजदुर देखी साना उद्योगी , ठूला उद्योगी व्यवसायी सम्मले प्रधानमन्त्रीको गीत र कविताबाट राहत पाउैनन् । तीनको लागि कार्यक्रम के छ जवाफ चाहियो । ”

उहाँले अब कांग्रेसले प्रश्न मात्रै सोधेर नबस्ने भन्दै सबैको उत्तर दिनका लागि तयार हुन सरकारलाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “प्रश्न केबल प्रश्नका लागि होइन । उच्चस्तरीय समिति भनेर जुन बनाईएको छ । हामी उसलाई चिन्दैनौ हामीलाई चिनाउनु पर्यो । उपप्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्यो । जवाफमा चित्त बुझेन भने प्रधानमन्त्री आउनुपर्यो । एउटा एउटा प्रश्नको जवाफ दिनुपर्छ । थपक्क बोलेर थपक्क बस्ने दिन गए । अब सरकारले यहाँ आएर हामीले मागेको हिसाब किताब दिएपछि मात्रै सबै प्रक्रियाहरु अगाडि बढाउने ठाउँसम्म हामी पुग्छौ । म आग्रह गर्न चाहन्छु । सरकारले सोचोस् तयारी गरोस् । अब सदनमा कांग्रेसले एउटा एउटा कुराको हिसाब नदिईकन सरकारलाई सुतेर बस्न दिदैनौ भन्नेकुरा जानोस् । ”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }