शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट सुरक्षित रसुवा, संक्रमण भित्रन नदिन के गर्दैछ प्रशासन ?


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २८, २०७७
  • 338
    SHARES

देशभर ७२ जिल्लामा फैलिएको कोरोनाबाट अहिलेसम्म रसुवा सुरक्षित छ । सिमा नाका जोडिएको र नियमित आवत जावत हुने केन्द्र भएकाले प्रारम्भमा रसुवालाई जोखिमपूर्ण जिल्लाका रुपमा राखिएको थियो । तर, नेपालमा तिब्र सङ्क्रमण सुरु भएको तीन महिना नाघिसक्दा रसुवा अहिलेसम्म सुरक्षित रहन सफल भएको छ ।

पूर्वसावधानी अपनाएका कारण हाल सम्म रसुवा जिल्ला बाग्मती प्रदेशको एक मात्र कोरोना संक्रमित नभएको जिल्ला भएको छ । सिमा नाकामा बेलैमा कडाई गरिएको कारण सङ्क्रमण भित्रन नपाएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।
चीनको वुहानमा कोरोना भाइरस शुरु हुना साथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले गत माघ १५ गते देखि नेपालको उत्तरी नाका रसुवागढीको मितेरी पुलबाट आवत जावतमा रोक लगाइएको थियो, भने जिल्ला प्रबेश गर्ने मुख्य नाका बेत्रावतीमा कडाई गरिएको थियो ।

जिल्ला प्रबेश गर्ने नाकामा नेपाल प्रहरी सहित थप शसस्त्र प्रहरी खटाई कडाई गरिएको थियो भने टनेल बनाई यातायातका साधनलाई सेनिटाइजरको समेत ब्यबस्थालाई निरन्तरता दिइएको छ । सोहि अनुरुप पनि रसुवा जिल्ला हाल सम्म कोरोना संक्रमित नभएको जिल्ला बन्न पुगेको हो । सबै क्षेत्रबाट सहयोग मिलेको र स्थानीय बासिन्दा सचेत भएकाले रोगबाट हाल सम्म जिल्ला सुरक्षित भएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।
रोगप्रति सावधान रहन जिल्ला विपद् व्यवस्थापन समिति मार्फत जिल्लाका ५ वटै गाउँपालिका, रेडक्रस, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी, सामाजिक संघ संस्था लगायत निकायबाट नागरिकमा जनचेतनाको कार्यक्रम संचालन गरिएको थियो । पर्चा पम्प्लेट बितरण, गाउँ टोलमा माइकिङ, संचारमाध्यमबाट सुचना प्रशारण लगायतका गतिबिधिलाई तिब्रता दिइएको थियो ।

त्यसैगरी लकडाउनको पूर्णपालना, क्वारेन्टिन एवं आइसोलेशन शैयाको तयारी तथा चिकित्सक एवं स्वास्थ्य सामाग्री तयारी अवस्थामा राखिएको थियो । सोहि अनुरुप हाल सम्म रसुवा कोरोना भाइरसको संक्रमित नभएको र स्वास्थ्य सम्बन्धि समस्या नरहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए ।

जिल्ला बाहिरबाट आएका व्यक्तिको निगरानी र शंकास्पदको तुरुन्तै परीक्षणले गर्दा सफल भइएको समेत उनको भनाई रहेको छ । जिल्लामा हालसम्म ४ सय ८९ जनाको आरडिटी परिक्षण गरिएको छ भने २८ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको छ । जसमध्ये हालसम्म २४ जनाको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको र ४ जनाको पिसिआर रिपोर्ट आउन बाकी रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । जिल्लामा अहिले ३३ जना क्वारेन्टिनमा रहेका छन् । ती मध्ये १३ जना भारत बाट आएका हुन । उनीहरु भारत, संखुवासभा, पर्वत र काठमाण्डौबाट आएकाहरु रहेको बताइएको छ ।

जिल्ला बाहिरबाट आएकाहरुलाई स्थानीय बासिन्दाको सहयोगमा अनिवार्य रुपमा क्वारेन्टाइनमा राखी स्वाब परीक्षण गरेर मात्र घर पठाउने व्यबस्था गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । संक्रमित स्थानबाट आएकाको सुरुमा नै पिसिआर परिक्षण गरिने र परिक्षणमा रिपोर्ट नेगेटिभ आऐपनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । १४ दिन पुगेपछि पुन आरडिटी परिक्षण गरिने र रिपोर्ट पोजेटिभ आए पुन पिसिआर परिक्षण गरिने भएको छ । क्वारेन्टाइनबाट घर गएकाहरु थप सात दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

देशभर दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै जादा रसुवालाई थप सुरक्षित बनाउनका लागि पूर्वयारी थालिएको छ । जिल्ला प्रबेश गर्ने नाका बेत्रावती तथा सरमथलीमा कडाई गरिने, आवश्यकता अनुसार स्थानिय तहहरुमा क्वारेन्टाइन थप गर्ने, भएका क्वारेन्टाइनलाई व्यवस्थित बनाइने भएको छ ।

त्यसैगरि जिल्लाको पाँच वटै गाउँपालिकामा केश अनुसन्धान तथा सम्पर्क खोजि टोलि गठन गरिने भएको छ । टोलिले शंकास्पद बिरामीको खोजि गर्ने, हिस्ट्री संकलन गर्ने लगायतका गतिबिधिहरु गर्ने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
त्यस्तै जिल्लामा आरडिटी किटको अभाव रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख श्रेष्ठले बताए । प्रदेशमा २ हजार किट माग गरिएको तर हालसम्म नआएका उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }