बिहिबार, अशोज १३, २०७९

राष्ट्रियसभा विशेष समय


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २८, २०७७
  • 236
    SHARES

 

सुमनराज प्याकुरेल

राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले भारत लगायत तेस्रो मुलुकबाट नेपाली नागरिक आएका कारण नेपालमा कोरोना संक्रमण बढेको बताउनुभएको छ ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्याकुरेलले भारत र अन्य मुलुकबाट नागरिकहरु आएको संक्रमण फैलिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारत वा अन्य देशबाट नेपाली नागरिक आउने क्रम नचलेको भए नेपाल कोरोनामुक्त देश हुन्थयो की ?’ युरोप अमेरिका जस्तो देशहरुले यसको व्यवस्थापन गर्न नसकेको उल्ल्ेख गर्दै उहाँले नेपाल सरकारले जेनतेन भएर पनि व्यवस्थापन गरिरहेको बताउनुभयो । विश्वका अधिकांश मुलुकहरुमा परीक्षण किटको अभाव रहेको, विकसित मुलुकहरुमा समेत भेन्टिलेटर, आइसियुर आइसोलेसनको अभाव रहेको उल्लेख गर्दै उहाँले सरकारको खुलेर बचाउ गर्नुभयो । कहालीलाग्दो विरासतमाथि उभिएर सरकार कोरोना विरुद्ध लडिरहेको उहाँले बताउनुभयो ।

रमेशजंग रायमाझी

राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले राजाको विरुद्ध लडेको शक्तिलाई च्यालेञ्ज गर्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उहाँले कोरोना विरुद्ध पूर्ण रुपमा असफल भएको सरकारले राजाको विरुद्ध लडेको शक्तिलाई च्यालेञ्ज गर्न नसुहाउने बताउनुभयो । नेपाली कांग्रेस नेतृत्वको सरकारले २०४८ सालमा १२ अर्ब राजस्व उठाएको स्मरण गर्दै उहाँले त्यती बेला सरकारले बैंक र शैक्षिक संस्थ खोल्ने वातावरण बनाएका कारण अहिलेको अवस्थामा पुगिएको बताउनभुयो । आरडिटी परीक्षण आवश्यक नभएकोले पीसीआर परीक्षण गर्न सरकारलाई सचेत गराउँदा विरोध गरेको नसम्झिन उहाँले आग्रह गर्नुभयो ।

जनताले महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको हिसाब मागेको उल्ले गर्दै उहाँले सरकारको ‘पर्फोमेन्स’ सन्तोषजनक नभएको बताउनुभयो । प्रधानमन्त्री आफु लक डाउनमा बसेका कारण सम्पूर्ण देशलाई लक डाउनमा राखेको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको पर्फोमेन्स छैन् । प्रधानमन्त्री विरामी हुनुभयो । लक डाउनमा पर्नुभयो । सबै जनतालाई लक डाउनमा राख्नुभयो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ