शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एघार महिनामा ३० प्रतिशत मात्र पूँजीगत खर्च


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २८, २०७७
  • 416
    SHARES

चालु आर्थिक वर्षको एघार महिनामा ३० प्रतिशत पूँजीगत खर्च (विकास खर्च) भएको छ । महालेखा नियन्त्रक कार्यालयको यही जेठ २७ गतेसम्मको तथ्यांक अनुसार पूँजीगत खर्चमा कुल अनुमानित खर्चको ३० दशमलव १६ प्रतिशत खर्च भएको देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा विकास निर्माणका लागि पूँजीगत खर्चतर्फ रु चार खर्ब आठ अर्ब ५९ करोडको बजेट छुट्याएका हालसम्म रु एक खर्ब २३ अर्ब पाँच करोड पाँच लाख खर्च भएको छ ।

चालुखर्च (तलबभत्ता आदि) भने ६७ प्रतिशत भएको छ । चालुतर्फ रु नौ खर्ब ५७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य लिइएकामा मङ्गलबारसम्म ६७ दशमलव १८ प्रतिशतस्वरुप रु छ खर्ब ४२ अर्ब ९३ करोड ९४ लाख खर्च भएको मनिकाको तथ्याङ्कले देखाएको छ । रु एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख वित्तीय व्यवस्था(सार्वजनिक संस्थानमार्फत पूँजी निर्माणमा हुने खर्चका लागि दिइने बजेट) तर्फ खर्च गर्ने लक्ष्य लिइएकामा हालसम्म रु ८३ अर्ब ८६ करोड ८३ लाख (४९ दशमलव ९६ प्रतिशत) खर्च भएको छ । चालू आर्थिक वर्षमा सरकारले रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख कुल बजेट छुट्टाएकामा एघार महिनाका अवधिमा चालु, पूँजीगत र वित्तीय व्यवस्थापन गरी रु आठ खर्ब ४९ अर्ब ८५ करोड ८१ लाख खर्च (५५ दशमलव ४४ प्रतिशत खर्च) भएको हो ।

गत माघ अन्तिम साता चालू आवको अर्धवार्षिक समीक्षामा अर्थमन्त्री डा युवराज खतिवडाले संशोधित बजेटको आकार रु १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाखमा ल्याउनुभएको थियो । सो समीक्षामा कुल बजेटको ९०.४ प्रतिशत खर्च हुने अनुमान गरिएको थियो । राजश्व ५७ प्रतिशत चालु आर्थिक वर्षमा सरकारको राजश्व सङ्कलनको अवस्था ५० प्रतिशत नाघेको छ ।

एघार महिनाका अधिमा लक्ष्यको ५७ दशमलव ४३ प्रतिशत आम्दानी भएको महालेखा नियन्त्रक कार्यालयले देखाएको छ । रु ११ खर्ब १२ अर्ब ३३ करोडको वार्षिक लक्ष्यमा हालसम्म रु छ खर्ब ३८ अर्ब ६१ करोड ३२ लाख राजश्व संकलन भएको छ । यसैगरी कर आम्दानीतर्फ ५७ दशमलव ५६ प्रतिशत उपलब्धि भएको छ । रु दश खर्ब नौ अर्ब १६ करोड १८ लाख लक्ष्य रहेकामा रु पाँच खर्ब ८० अर्ब ८८ करोड ६३ लाख आम्दानी भएको छ । यस्तै गैरकर आम्दानी भने ५६ दशमलव १२ प्रतिशत भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }