बिहिबार, अशोज १३, २०७९

संविधान संशोधनका पक्षमा मतदान गर्ने जसपाको निर्णय


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ ३१, २०७७
  • 602
    SHARES

काठमाडाैंः जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ ।

सो पार्टीको शुक्रबार बसेको पदाधिकारी बैठकले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

संसदमा प्रस्तुत संविधान संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको जसपाका नेता केशव झाले जानकारी दिनुभयो ।

नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा संविधान संशोधनका लागि विधेयक प्रस्तुत गरिएको छ । यसअघि तत्कालीन राजपा र समाजवादी पार्टीले संविधान संशोधनको छुट्टै विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए ।

जसपाकी सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको विधेयक फिर्ता लिन माग गर्दै संसद् सचिवालयमा छुट्टै विधेयक दर्ता गराउनुभएको छ । उक्त विधेयक फिर्ता लिन समाजवादी पार्टीको संसदीय दलले निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”

    संञ्चालक : अनिता चापागाँई
    सम्पादकअच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ

    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ