
काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले गौतमलाई राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
नेकपा स्थायी कमिटीको बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।