बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दशैंसम्ममा सञ्चालनमा आउदै जनकपुर–जयनगर रेलसेवा


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ३०, २०७७
  • 510
    SHARES

काठमाडौं, ३० भदौ । सञ्चालन बन्द भएको ७ वर्षपछि जनकपुर–जयनगर रेलसेवा छिट्टै सञ्चालन हुने भएको छ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको ६९ किलोमिटरमध्ये निर्माण सम्पन्न जयनगर–जनकपुर खण्ड (३४ किलोमिटर)मा दशैंसम्ममा रेल सञ्चालनको तयारी गरिएको नेपाल रेलवे कम्पनी लिमिटेडले बताएको छ । निर्माण सम्पन्न भइसकेकाले उक्त रूटमा ती रेल सञ्चालन हुनेछन् ।

उक्त सञ्चालन हुने दुईओटा रेल तयार भइसकेकाले त्यसलाई सञ्चालन गर्न कम्पनीले कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाएको छ । कम्पनीले खुला प्रतिस्पर्धाबाट विभिन्न पदमा १२९ कर्मचारी करारमा नियुक्त गर्न सोमवार आवेदन खुला गरेको छ । कम्पनीले शाखा अधिकृत, स्टेशन मास्टर, सबइन्जिनियर, गेटम्यान, कार्यालय सहयोगीसहित विभिन्न पदमा कर्मचारी मागेको हो ।

इच्छुक नेपाली नागरिकले १५ दिनभित्र आवेदन भरी बुझाइसक्नुपर्ने बताइएको छ । उक्त रूटमा रेल सञ्चालनका लागि भारतीय २६ जना प्राविधिक कर्मचारीका लागि नेपाल सरकारले यसअघि नै स्वीकृति दिइसकेको छ ।

नेपालले भारतीय कम्पनी इन्टरनेशनल कोच प्mयाक्ट्रीबाट उत्पादित दुईवटा ८६ करोड रुपैयाँमा खरिद गरिसकेको छ । ती दुई रेलको यात्रु क्षमता करिब २ हजार ६०० जना अर्थात् प्रतिरेल १३ सय जना रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }