शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पोखराको फेवाताल स्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ३०, २०७७
  • 277
    SHARES

पोखरा,३० भदौ । पर्यटकीय नगरी पोखराको फेवाताल स्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।

सात वर्ष अघि विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरेका यी मूर्तिहरु अहिले संरक्षणको अभावमा छरपस्ट छन भने दिन प्रतिदिन जिर्ण बन्दै गएका छन् । ढुंगाबाट मूर्ति बनाउने संसारका प्रसिद्ध मूर्तिकारहरु थेउरी लयरसको टिम र नेपालका मूर्तिकारहरुको संयुक्त पहलमा मूर्ति निर्माण भएको थियो ।

पार्कमा नाग, साँढे, प्रसव बेथामा रहेकी महिला, पात, मानिस, बुद्ध, बज्र योनी, हिमाल लागयतमा मूर्तिहरु निर्माण गरिएको थियो । त्यस्ता महत्वपूर्ण मूर्ति रहेको कोमागाने पार्क अहिले भने संरक्षणको अभावमा गाईवस्तु चरन क्षेत्रको रुपमा परिणत भएको छ । यो पार्क अहिले स्थानीय तह अन्तर्गत पोखरा महानगरपालिकाको जिम्मामा छ । तर अहिले सम्म महानगरपालिकाले कुनै पार्कको व्यवस्थापन र मूर्तिको संरक्षणमा ध्यान दिएको देखिदैन ।

महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले भने पार्कको व्यवस्थापन र कलात्मक मूर्तिहरुको संरक्षणका लागि महानगरपालिकाले छिट्टै काम सुरु गर्ने बताउनुभयो ।

पार्कमा १४ वटा मूर्ति रहेका छन् । जुन मुर्तिहरु सात वर्ष अघि करिब १ करोड लगानीमा नेपाल प्रज्ञा प्रतिष्ठान र पोखरा पर्यटन परिषद्को समन्वयमा १४ जना मूर्तिकारहरुले निर्माण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }