शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानको बिदाई


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ३०, २०७७
  • 381
    SHARES

काठमाण्डौ,३० भदौ। नेपाल विद्युत प्राधिकरणमा चार वर्ष नेतृत्व पुरा गर्नुभएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणले विदाई गरेको छ ।

प्राधिकरणका कर्मचारीहरुले मंगलबार एक कार्यक्रम आयोजना गरी घिसिङलाई बिदाई गरेका हुन् । घिसिङको चार वर्षे कार्यकाल भदौ २८ गते मध्यरातबाट सकिएको छ ।

बिदाई कार्यक्रममा बोल्दै घिसिङले एकजना कार्यकारी निर्देशकले मात्रै सबै कामको जस लियो भन्ने कुरा गलत भएको बताउनुभयो । घिसिङले अहिले सम्म कहिं कतै बोल्दा आफुले मात्रै क्रेडिट लिने गरी नबोलेको समेत प्रस्ट पाुर्नभयो । उहाँले प्राधिकरणका सबै कर्मचारी, मन्त्रालय, सरकार, रानजनीतिक दल सबैको समुहिक प्रयासबाट मात्रै लोडसेडिङ हटाउन र प्राधिकरणलाई नाफामा लैजान सफल भएको दोहो¥याउनु भयो । तर प्राधिकरणको हितको लागि आफुले केही कुरामा अडान लिएको पनि घिसिङले बताउनुभयो । आफुले लिएको अडानबाट गर्न नसकिने र गर्न नहुने कामको बास्तविकता समेत देखाउन सफल भएको पनि उहाँले बताउनुभयो । जुन कुराले संस्थालाई हित गर्दैन त्यो कुरामा आफुले स्ट्याण्ड लिदा आफुले मात्रै क्रेडिट लिन खोज्यो भन्नु गलत भएको पनि उहाँले बताउनुभयो । तरपनि चार वर्षमा नागरिक, सरकार र प्राधिकरणका सबै कर्मचारीको सहयोगले संस्थाको हितका लागि काम गर्न सकेको बताउनुभयो ।

विदाई कार्यक्रममा घिसिङले प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ती माथि जनचासो बढ्नु पनि उपलब्धी भएको बताउनुभयो । यद्यपी घिसिङले एकै जना व्यक्ति सधै प्राधिकरणको कार्यकारी रहिरहनु पर्छ भन्ने पक्षमा आफु नरहेको पनि स्पस्ट पार्नुभयो । धेरै व्यक्ति वा कर्मचारीहरु प्राधिकरणलाई नेतृत्व दिन सक्ने अवस्थामा पुगेकाले भविश्यमा प्राधिकरणको साखः अझ बढ्ने विश्वास समेत घिसिङले व्यक्त गर्नुभयो । सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुसार सबै कर्मचारीले काम गर्दा यो तहसम्मको सफलता पाएकोले अवको दिनमा पनि प्राधिकरण थप सबल बन्दै जाने विश्वास पनि घिसिङले गर्नुभयो ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो । उहाँको विदाई भएसँगै अबको कार्यकारी निर्देशकमाको आउँछ भन्ने विषय भने बाँकी नै छ । आम नागरिक तहमा भने फेरीपनि कुलमान नै प्राधिकरणमा आए हुन्थ्यो भन्ने आकांक्षा देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }