बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णय


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ३०, २०७७
  • 315
    SHARES

सोमबारको मन्त्रिपरिषद बैठकले डा. युवराज खतिवडालाई मन्त्रिसरहको सुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि अर्थमन्त्री बन्नुभएका खतिवडाले कार्यकाल सकिएपछि भदौ १९ गते राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिएको १० दिनमै मन्त्रिसरहको नयाँ नियुक्ति पाउनुभएको हो । यस्तै रु १ र रु २ का नयाँ शिक्का टकमरी गरी प्रचलनमा ल्याउन सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।

नयाँ शिक्कामा नेपालमा अद्यावधिक नक्सा समावेश हुने परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो । यस्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि नयाँ भर्ना लिन पनि सरकारले स्वीकृति दिएको छ । यस्तै एसियाली विकास बैंकले दिने १८ अर्ब सहुलियत ऋण लिनका लागि वर्ता गर्न टोली पनि गठन गर्ने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }