मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वर्ल्डलिङ्कले अब ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा विस्तारगर्ने


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ३०, २०७७
  • 949
    SHARES

काठमाण्डौ,३० भदौ।  देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन्स लिमिटेडलेले आफ्नो स्थापनाको २५वर्ष पुरा गरेकोछ।सन् १९९५मा ईमेल सेवा सँगै सुरु भएको वर्ल्डलिङ्कको यात्राले मंगलबार २५औं बसन्त पारगरेको हो।

अध्ययनका लागिअमेरिकामा रहेका दिलिप अग्रवाललेसन् १९९५नेपालमा रहेका आफ्ना आमा बुबा सँग इन्टरनेटमा जोडिने रहर पुरागर्न सेवाको थालनी गरेका थिए।अहिले एफ टी टी एच प्रविधि सहित वर्ल्ड लिङ्कको इन्टरनेट सेवा देशका ७३जिल्लामा विस्तार भइसकेको छ।

नेपालमा प्रयोग हुने कूल इन्टरनेट ब्याण्ड विथ मध्ये ४३ प्रतिशत ब्याण्ड विथ वर्ल्ड लिङ्कबाटनै खपत भइरहेको छ।कम्पनीका अध्यक्ष अग्रवालले हरेक तीन जना प्रयोग कर्तामा एक जना प्रयोग कर्ता वर्ल्ड लिङ्कको हुनु आफ्ना लागि गर्वको विषय भएको बताए।

कम्पनीले ३५ सय भन्दा बढी दक्ष कर्मचारीलाई रोजगारी समेत प्रदान गरिरहेको छ। कम्पनीले अहिले समग्र दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनीको रुपमा स्थापित भइसकेको छ।वर्ल्डलिङ्क नेपाल सरकारलाई धेरै भ्याट तिर्ने दशौं तथा सूचना प्रविधिक्षेत्रबाट आयकरमा पहिलो ठूलो कम्पनी हो।कम्पनीको हाल चार लाख घरायसीका साथै दश हजार कर्पोरेट तथा  सरकारी ग्राहक छन्।

सन् २०१४मा सय करोड लगानी गर्ने योजनाका साथ सुरु गरिएको एफ टी टी एच पूर्वाधारले कम्पनीलाई नयाँ उचाईमा पुर्यााएको हो।सन् २०१७मा ग्रामीण दूर सञ्चार विकास परियोजना हात पारेको कम्पनीले २०१९मा उक्त आयोजना सफलता पूर्वक सम्पन्नगरी कर्णाली जस्तो विकट क्षेत्रमा समेत आफ्नो इन्टरनेट सेवा दिँदैआएको छ।

वर्ल्ड लिङ्कलेअब ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्ने 

२५ वर्ष पुरागरेको अवसरमा भर्चुअलरुपमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सीईओ केशव नेपालले नेटवर्कमा बढ्दैगएको चाप अनुरुप क्षमता बढाउँदै सेवालाई ग्रामीण क्षेत्रमा लैजाने निर्णय गरिएको जानकारी दिए।

त्यसका लागि आवश्यक लगानी आन्तरिकस्रोत र बैंकिङ ऋणबाट पूर्ति गरिने कम्पनीका अध्यक्ष दिलिप अग्रवालको भनाई थियो। ‘हामीलाई सेवा विस्तार गर्नअब विदेशी लगानी थप गर्नुपर्ने आवश्यकता छैन,’ उनले भने।कम्पनीले क्रय शक्ति कम भएका जनतामाझ समेत इन्टरनेटको पहुँच पुर्या्उने योजनाका साथ पहल भइरहेको जानकारी दिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }