बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गैरआवासीय नेपाली सङ्घको आयोजनामा आगामी असोज २३ –२५ गतेसम्म भर्चुअल दोस्रो विश्व ज्ञान सम्मेल हुने


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ३०, २०७७
  • 173
    SHARES

काठमाण्डौ,३० भदौ।   गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले दोस्रो विश्व ज्ञान सम्मेलन आगामी असोज २३ –२५ गतेसम्म आयोजना गर्ने भएको छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार सो भर्चुअल सम्मेलनमा संयुक्त राष्ट्र सङ्घअन्तर्गतका विश्व खाद्य सङ्गठन, श्रम सङ्गठनलगायत इसिमोड, एशियाली विकास बैक, राष्ट्रिय योजना आयोग र विश्व बैंकमा कार्यरत विज्ञले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।

विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरिएको थियो ।

राष्ट्र सङ्घको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना, कोरोना महामारीपछि नेपालको अर्थतन्त्र, कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापछि विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिमा सम्मेलन केन्द्रित हुने सम्मेलन आयोजक समितिका संयोजक डा हेमराज शर्माले जानकारी दिनुभयो ।

सम्मेलनमा गैरआवासीय नेपाली विज्ञबाहेक चीन, जापान, भारत, सिङ्गापुर, श्रीलङ्का, दक्षिण कोरिया, साइप्रस, क्यानडा,अमेरिका, बेलायत, फिनल्यान्ड, अष्ट्रेलिया, नर्वे, नेदरल्यान्डस, फ्रान्स र जर्मनीका वैज्ञानिक सहभागी हुने छन् ।

आयोजकका अनुसार सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तथा विशेष अतिथि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहनु हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }