शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भ्रामक र गलत समाचार रोकथाम सम्वन्धी दुई चरणको तालिम सम्पन्न


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०७७
  • 835
    SHARES

काठमाडौँ ,३१ भदौ। प्रेस र अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा लामो समयदेखि कार्यरत संस्था मिडिया एक्सन नेपालले काठमाडौंस्थित अमेरिकी दुतावासँगको सहकार्यमा इलाम, झापा र पाँचथरका पत्रकारहरुलाई लक्षित गरीआयोजना गरेको भ्रामक र गलत समाचार रोकथाम सम्वन्धी दुई चरणको तालिम वुधबार एक औपचारिक समारोहका विच समापन गरिएको छ ।

समापन समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सीना, नेपालका लागि अमेरिकी राजदुत ¥याण्डी बेरी, मिडियाएक्सन नेपालकाअध्यक्ष लक्ष्मणदत्त पन्त र नेपाल पत्रकार महासँघका सभापति गोविन्द आचार्य, नेपालस्थित  अमेरिकी दुतावासका उच्च अधिकारी लगायतको उपस्थिति थियो ।

समापन कार्यक्रम समारोहलाई सम्बोधनगदै राष्ट्रिय सभाकाअध्यक्ष तिमल्सीनाले मिडियालाई कसरी विश्वसनीय बनाउँने भन्ने विषयमा कार्यक्रम आयोजना गरेकोमा मिडिया एक्सन नेपाल प्रति हार्दिक आभार व्यक्त गरे ।उनले भने, ‘नेपालको संविधान धारा १९ मा सञ्चारको हक मार्फत विचार अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरिएको छ । अहिले संचार सबै मानिसको दैनिकआवश्यकताको रुपमा स्थापित भईसकेको छ । हाम्रा संचार माध्यमहरु पूर्ण रुपमा स्वतन्त्र छन्, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो ।’ उनले मिडियाले आफ्नो अधिकार उपयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने बताउँदै मिडिया राष्ट्रिय हितको आफ्नो दायित्वबाट टाढा रहन नसक्ने भन्दै उनले मिडिया एक्सन नेपालले भ्रामक समाचार सम्वन्धी शोध पुस्तक प्रकाशन गरेकोमा हार्दिक आभार समेत व्यक्त गरे । उनले भने‘हामीले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् भएको छ कि भन्ने कुरामा अत्यन्त ध्यान दिनुपर्छ । संचार माध्यम मार्फत कुनै विषय सार्बजनिक भईसकेपछि सच्याउने विषय कठिन हुन्छ ।’ पत्रकारिताका आधारभुत सिद्धान्तको पालना गर्न पत्रकारको दायित्व भएको बताए ।

नेपालकालागि अमेरिकी राजदुत ¥यान्डी बेरीले भ्रामक र गलत समाचारलाई कसरी सामनागर्ने भन्ने विषय अहिले नेपालको मात्र नभई विश्वको नै एउटा महत्वपूर्ण विषय भएको बताए । उनले मिडिया एक्सन नेपालले केही समय अगाडी गलत र भ्रामक समाचार सम्वन्धी गरेको अध्ययन र त्यसमा आधारित प्रकाशन यस क्षेत्रको पायोनियरिङ काम भएको भन्दै प्रशंसा गरे । उनले भने ‘पाठक र दर्शकको ध्यानखिच्ने र समाचार ब्रेकिङ गर्ने प्रतिस्पर्धाका कारण उपयुक्त फ्याक्ट चेकिङ नभई समाचार सम्प्रेषण हुने गरेको मात्र होइन्, अतिरन्जित समाचार शीर्षकहरु समेत राख्ने गरेको पाइन्छ ।’ उनले गलत र भ्रामक समाचारको नकारात्मक असर हुने भन्दै यसले पब्लिकलाई मिसलिड गर्ने मात्रहोइन सही सूचना प्राप्त गर्ने अधिकारबाट जनता वञ्चितहुने समेत बताए । यति मात्रहोइन, गलत र भ्रामक समाचार र सूचनाको कारणले गलत निर्णयहरु हुनसक्ने र त्यसले समाजलाई नकारात्मक असर गर्ने समेत बताए।

नेपालपत्रकार महासँघका अध्यक्ष गोविन्द आचार्यले मिडिया एक्सन नेपालले अमेरिकी दुतावास सँगको सहकार्यमा महत्वपूर्ण कार्य गरेको बताए। उनले संचार माध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने बताउँदै गलत सूचना सम्प्रेषण गरेमा संचारमाध्यम प्रतिजनताको विश्वास गुम्ने बताए । आचार्यले भने,‘सञ्चारमाध्यमले फैलाउने गलत सूचनाले समाजमा ठूलो असर गर्नसक्छ । समाजमा कुनै विषय त गलत र भ्रामक समाचर फैलिएमा त्यसबारे जनतालाई सत्य तथ्य जानकारी गराउने दायित्व पनि मिडियाकै हुन्छ ।’

सञ्चार विज्ञ तथामिडिया एक्सन नेपालकाअध्यक्ष लक्ष्मण दत्त पन्तले तालिममा सहभागि पत्रकारहरुले पत्रकारिताका नैतिकमानक, भ्रामक र मिथ्या समाचार, सूचना महामारीको रोकथामका सूचकहरू, वैदेशिक नीति तथा मिडिया, तस्विरको आधिकारिता, लैङ्गिक संवेदलेनशील पत्रकारिता लगायतका विषयमा स्वदेशी तथा विदेशी विज्ञहरूले तालिमप्रदान गरेको बताए ।

तालिमझापा, इलाम र पाँचथर जिल्लाका ३० जना पत्रकाहरूको सहभागिता रहेको थियो । कार्यक्रममलाई सम्वोधनगदै काठमाडौँ स्थित अमेरिकी दुतावासका सूचना विज्ञ प्रेरणा मरासिनीले पत्रकारिता पेशालाई सबल र सक्षमबनाउने उदेश्यले सो कार्यक्रमआयोजना गरेको बताउँदै समाजका लागि जिम्मेवार पत्रकारिताको निकै महत्व रहेको बताइन । उनले पछ्रिल्लो समयमा सूचनाको स्रोत बढेसँगै चुनौती पनि थपिएको र यसलाई कसरी सामना गर्ने भन्ने विषय प्रमुख रहेकोे र सहभागीले तालिममा प्राप्त गरेको ज्ञानलाई व्यवहारमालागु गर्ने विश्वास व्यक्त गरिन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }