बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशील बनाउनु पर्छ :सार्क अर्थमन्त्री


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०७७
  • 252
    SHARES

 काठमाण्डौ,३१ भदौ। सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५ औं अनौपचारिक बैठक  परराष्ट्र मन्त्री  प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा आज सम्पन्न भयो।

उक्त बैठकमा उदघाटन मन्तव्य दिदै  परराष्ट्र मन्त्री ज्ञवालीले कोभिड-१९ को कारणले विश्व अर्थतन्त्रसंगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको धारणा राख्नु भयो।

नेपाल तथा दक्षिण एशियाली अर्थतन्त्रको पछिल्लो अवस्थाको चर्चा गर्नु हँदै वहाँले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्कराष्ट्रहरु क्रियाशिल रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्नु सम्भव हुने धारणा व्यक्त गर्नुभयो।यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउदै आर्थिक पुनर्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

उक्त बैठकमा सार्कका महासचिव  इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष  शिसिन चेनले उदघाटन मन्तव्य राख्नु भएको थियो भने “कोभिड-१९ र दक्षिण एशियाली अर्थतन्त्र” विषयमा एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री  यासायुक्ती सावादाले प्रस्तुति दिनु भएको थियो।

उक्त बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरु र प्रतिनिधीमण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशील बनाउनु पर्ने धारणा व्यक्त गर्नु  भयो ।

प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट  परराष्ट्र मन्त्री  प्रदीप कुमार ज्ञवालीले नेपाली प्रतिनीधिमण्डलको नेतृत्व तथा उक्त बैठकको अध्यक्षता गर्नु भएको हो ।

एशियाली विकास बैंक र सार्क सचिवालयको समन्वयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको उक्त बैठक एशियाली विकास बैंकको वार्षिक बैठकको अवसरमा आयोजना गरिएको हो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }