शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी युवाको काँधमा: काँग्रेस नेता जोशी


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०७७
  • 1.3K
    SHARES

काठमाण्डौ,३१ भदौ।    नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी युवाको काँधमा रहेको बताउनुभएको छ ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले २३ औँ गणेशमान सिंह स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘गणेशमानजीको त्याग, समर्पण, सङ्घर्षशीलता र आजको युवा’ विषयक भर्चुअल कार्यक्रममा उहाँले लोकतन्त्रको संरक्षण गर्ने जिम्मा काँग्रेस र युवाको काँधमा रहेको बताउनुभएको हो ।

पूर्वमन्त्री जोशीले राजनीतिक नेतृत्वमा नैतिकता र इमान्दारिता आवश्यक रहेको बताउँदै नैतिकता र इमान्दारिता गुमाउँदा लामो सङ्घर्षबाट उपलब्ध गरेको राजनीतिक व्यवस्था नै गुम्ने खतरा रहेको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका नेता जोशीले निष्ठा, इमान्दारिता र लोकतन्त्रप्रतिको प्रतिवद्धता गणेशमान सिंहमा रहेको बताउनुभयो । प्रदेशसभा सदस्य जीवन डङ्गोलले राणा विरोधी आन्दोलन गरेर जनताको अधिकारका लागि लड्ने नेता स्वर्गीय सिंह भएको उल्लेख गर्नुभयो । मूल्य र मान्यतामा आधारित राजनीतिक गर्ने नेता स्व सिंह भएको उहाँको भनाई थियो ।

कार्यक्रममा काँग्रेस युवा नेताहरु मनोजमणि आचार्य, जन्मजय तिमल्सेना, रत्न कार्की, डिल्लीराम सुवेदी, प्रतिमा गौतमलगायतले जनताको हक अधिकारका लागि इमान्दारीपूर्वक लड्ने नेता सिंह भएको उल्लेख गर्नुभएको थियो । गणेशमान सिंहको जीवनीबाट युवा नेताले पाठ सिक्नुपर्ने उहाँहरुको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }