शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

नेकपा सचिवालय बैठक भोलि बस्ने, एमसीसी तथा अन्य निर्णयहरूको थप कार्यान्वयनका विषयमा छलफल हुने


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 386
    SHARES

काठमाडौँ,१ असोज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक शुुक्रबारका लागि तय गरिएको छ । प्रधानमन्त्री निवासमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफलपछि बैठक तय भएको हो ।

भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो । बैठकले गरेका निर्णयहरूको थप कार्यान्वयनका विषयमा सचिवालयमा छलफल हुने छ । शुक्रबार तय भएको सचिवालयको बैठक नेकपाको कार्यालय धुम्बाराहीमा बस्ने अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।

यसअघि अध्यक्षद्वय ओली र प्रचण्डले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र पार्टीका महासचिव विष्णुप्रसाद पौडेलसँग बुधबार छलफल गरेका थिए। उपनेता नेम्बाङले पार्टीका समसामयिक विषयमा अध्यक्षद्वयसँग बालुवाटारमा कुराकानी भएको बताए । देशको समसामयिक विषय तथा सरकारले गर्ने विभिन्न नियुक्तिका विषयमा बिहीबार काँग्रेससँग छलफल गर्ने कुराकानी पनि भएको उनले बताए । गोरखापत्र दैनिक

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }