बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीव्दारा सुगालाई बधाई र मोदीलाई शुभकामना


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 408
    SHARES

काठमाडौं ,१ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको प्रधानमन्त्रीमा निर्वाचित भएको अवसरमा योशिहिदे सुगालाई बधाइ ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीट गरेर उहाँलाई बधाइ दिनुभएको हो ।

यासिहिदे सुगा जापानको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीका प्रमुख हुनुहुन्थ्यो । यहाँ बुधबार जापानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । नेपाल र नेपाली जनताको तर्फबाट जापानका प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दछु उहाँले आफ्नो ट्वीट अकाउन्टमा भन्नुभएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि जन्म दिनको अवसरमा शुभकामना दिनुभएको छ । ओलीले उहाँलाई पनि आफ्नो ट्वीटर अकाउन्टमार्फत मोदीलाई जन्म दिनको शुभकामना दिनुभएको हो ।

मोदीको जन्म १९५० मा भएको थियो। उहाँ गुजरातको वडनगरमा एक गरिव परिवारमा जन्मिनुभएको थियो। मोदीका बुवा दामोदरसाद मोदी रेल्वेस्टेशनमा चिया बेच्ने काम गर्नुहुन्थ्यो । मोदीले समय समयमा आफ्नो बाल्यकाल बुवालाई सहयोग गर्दै बितेको बताउने गर्नुहुन्छ ।

उहाँले गुजरातमा राम्रो विकास गर्नुभएको थियो । पछि सोही गुजरातको विकास मोडललाई आधार बनाएर केन्द्र राजनीतिमा आउनुभयो र सन् २०१४ मा प्रधानमन्त्री बन्नुभयो ।  विश्वको ठूलो प्रजातन्त्र भनिने भारतमा उहाँले लामो समयपछि भाजपाको पूर्ण बहुमत रहेको सरकार बनाउन सफल हुनुभयो । सन् २०१९ मा भएको संसदीय निर्वाचनमा उहाँ पहिला भन्दा पूर्ण बहुमत ल्याएर दोस्रो कार्यकालको प्रधानमन्त्री बन्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }