शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 342
    SHARES

विश्वमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा मात्रै विश्वभर झण्डै ३ लाखको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । यो संख्या विश्वमा एकै दिनमा संक्रमित हुनेको अहिलेसम्मकै अत्यधिक हो ।

पछिल्लो २४ घन्टामा विश्वभर झण्डै ६ हजार मानिसको कोरना संक्रमणकै कारण ज्यान गएको छ । पछिल्लो २४ घन्टामा भारतमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । भारतमा एकै दिनमा झण्डै ९८ हजार नजिक संक्रमित थपिएका छन् । यो संख्या भारतमा एकै दिनमा संक्रमित हुनेको अहिलेसम्मकै अत्यधिक हो ।

कोरोना संक्रमणकै कारण भारतमा ८३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमितको संख्या पनि ५१ लाख नाघेको छ । कोरोनाबाट बढी प्रभावित अमेरिका र ब्राजिलमा पनि संक्रमण पुनः बढेको छ ।

दुबै मुलुकमा पछिल्लो २४ घन्टामा ३७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण अमेरिकामा हालसम्म २ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ६८ लाख नाघेको छ । यसै गरी ब्राजिलमा हालसम्म ४४ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या १ लाख ३४ हजारभन्दा बढी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }