शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तोकिएकै समयमा महाधिवेशन हुन्छः सभापति देउवा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 554
    SHARES

काठमाडौँ,१ असोज । कांग्रेस सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा महाधिवेशन हुने बताउनु भएको छ। कोभिड–१९ अनुगमन समितिद्वारा बुबाधर आयोजित प्रदेश ५ को अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आफू पार्टीको विधानबाहिर जान नसक्ने बताउनु भयो।

संस्थापन ईतर पक्षले महाधिवेशन नगराई पार्टीमा संवैधानिक संकट निम्त्याउन खोजिएको आशंका बढाइरहेका बेला सभापति देउवाले नेपालको संविधान र पार्टीको विधानबारे आफू जानकार रहेको बताउनु भयो । ‘तपाईंहरू चिन्ता नगर्नुहोस् म  पार्टीको विधानबाहिर जान सक्दिनँ  सभापति देउवाले भन्नु भयो।   भोलिको चुनावमा कसरी जितेर आउने भन्ने तिर घ्यान दिन आग्रह गर्दै सभापति देउवाले  पार्टीभित्र आफ्नो विरोध गरे पनि प्रधानमन्त्री केपी ओलीको विरोध गर्न नसकेको बताउनु भयो । शेरबहादुर देउवाको जति पनि विरोध गर्न पाइन्छ तर सरकारले यत्रो ज्यादती गर्दा पनि किन विरोधमा कोही पनि बोल्दैन भनी सभापति देउवाले पार्टी पदाधिकारीहरुलाई प्रश्न गर्नु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }