शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गत आव ५५ अर्बभन्दा बढीको मुख्य खाद्यान्न आयात


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 197
    SHARES

काठमाडौं, १ असोज । नेपालमा मुख्य खाद्यान्न (धान–चामल, मकै, गहुँ) वार्षिक रू. ५५ अर्बभन्दा बढीको आयात भएको पाइएको छ । भन्सार विभाग र व्यापार निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक हेर्दा गत आवमा मुलुकमा यी चार खाद्यान्न कुल ५५ अर्ब ३८ करोड रुपैयाँ बराबरको भित्रिएको देखिएको हो ।

गत आवमा सबैभन्दा बढी धान–चामलको आयात भएको छ । यी दुवैको गरी सो अवधिमा ३२ अर्ब ७२ करोड रुपैयाँको आयात भएको छ, जसमा चालम मात्र २२ अर्ब २४ करोड र धान १० अर्ब ४८ करोड रुपैयाँ बराबरको भित्रिएको छ । अघिल्लो आवको तुलनामा चामलको आयात घटेको छ भने धानको बढेको छ । अघिल्लो आवमा २२ अर्ब ६३ करोडको चामल र ६ अर्ब ८५ करोडको धान आयात भएको थियो ।

यसैगरी गत आवमा १४ अर्ब ७५ करोडा रुपैयाँ बराबरको मकै आयात भएको छ । मकैका आयात अघिल्लो वर्षको तुलनामा करिब २ अर्बले बढेको छ । अघिल्लो आवमा यस्तो आयात १२ अर्ब ९५ करोड रुपैयाँको भएको थियो । साथै गत आवमा गहुँको आयायत पनि अघिल्लो आवको तुलनामा २ अर्बभन्दा भन्दा धेरैले बढेको पाइन्छ । अघिल्लो आवमा यसको आयात ५ अर्ब ८१ करोड रुपैयाँ बराबरको भएकोमा गत आवमा बढेर ७ अर्ब ९१ करोडको भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }