बुधबार, अशोज १९, २०७९

संवैधानिक आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न संसदीय समितिको सरकारलाई घ्यानाकर्षण


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 114
    SHARES

काठमाण्डौ,१ असोज। संसदीय समितिले रिक्त रहेका संवैधानिक आयोगका पदहरुमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संसदको कानून, न्याय तथा मानवअधिकार समितिले संवैधानिक आयोगका पदहरुमा तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएको हो । मानवअधिकार संरक्षण र सम्बद्र्धनमा टेवा पु¥याउने संरचनाको रुपमा रहेका संवैधानिक आयोग पदाधिकारी विहिन हुन नहुने भएकाले तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराइएको समितिल सभापति कृष्णभक्त पोखरेलले बताउनुभयो । संविधानले नै व्यवस्था गरेका महिला आयोग, दलित आयोग, थारु आयोग, समावेशी आयोग लगायतका आयोगहरुमा छिटो पदाधिकारी नियुक्त गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

समितिले देशका विभिन्न स्थानमा प्रहरी हिरासतमा मृत्यु भएका घटनाहरुको सत्यतथ्य पत्ता लगाउन ५ सदस्य रहेको समिति गठन गर्ने पनि निर्णय गरेको छ । मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै आउँदो आइतबारसम्म प्रधामन्त्रीलाई प्रतिवेदन बुझाइसक्ने निर्णय पनि समितिले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ