
काठमाडौं,२ असोज ।
बंगलादेशबाट ल्याउने भनिएको ५० मेट्रिक टन युरिया मलका लागि सरकारले अनुमति दिएको छ । पैँचोमा ल्याइने मलका लागि बिहीबारको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको हो ।
सरकारको अनुमतिसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल ल्याउनका लागि आवश्यक प्रकृया थालेको छ । यसअघि कृषिमन्त्री घनश्याम भूषाल र प्रधानमन्त्री केपी शर्मा ओली स्वयंको पहलमा बंगलादेशबाट मल ल्याउन लागिएको हो ।
पुसमा मल ल्याउने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले समयमै युरिया मल नल्याएपछि देशभरका किसानले मलको अभाव खेप्नुपर्यो । आपूर्तिकर्ताले मल नल्याएपछि सरकारले अभाव टार्न बंगलादेशसँग मल पैँचोमा माग गरेको थियो ।