शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

आजबाट मलमास वा अधिकमास सुरु


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २, २०७७
  • 492
    SHARES

काठमाण्डौ,२ असोज।
मलमास वा अधिकमास आजबाट सुरु भएको छ । प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजबाट सुरु भएको हो ।

आजबाट सुरु भएको मलमास आगामी असाज २० गते शुक्रबारसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ३६५ दिनलाई एक वर्ष मान्दा वर्षमा सौर र चन्द्रमास हुन्छन् । दुबैलाई समन्वय गर्न ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. माधव प्रसाद भट्टराईले बताउनुभयो ।

एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ । महिनामा दुई वटा सङ्क्रान्ति प¥यो भने क्षयमास भनिन्छ । क्षयमास भने कहिले कहिले मात्र हुने गरेको छ । क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुवात् गर्नु नहुने नियम रहेको प्रा.डा. भट्टराईले बताउनुभयो ।

मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृह निर्माण, गृहप्रवेश जस्ता कार्य गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }