बिहिबार, अशोज १३, २०७९

ठेकेदारको बदमासीका कारण रसायनिक मल आयतमा समस्या : मन्त्री भुसाल


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २, २०७७
  • 259
    SHARES

काठमाडौँ, २ असोज । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताउनुभएको छ ।

साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडी बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उहाँले बताउनुभयो । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने बताउनुभयो । विषतमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडी बढाउँदा पनि ठेकेदारहरुका लागि समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘टेण्डर गरेर दुई तीन महिनाको समय दिइएको थियो । त्यसमा सम्झौता गर्न आएनन । सम्झौता गरेपछि एलसी गर्न आएनन । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुप¥यो । सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ । असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आए रवितरण गर्नुपर्ने थियो । साल्ट्र टेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ । त्यसैले कोरोनाका कारण समस्या भएको होइन ।’’

मन्त्री भूसालले यो वर्ष विगतभन्दा बढी खेति भएकाले मलको माग पनि बढी भएको बताउनुभयो । कोरोना गर्दा श्रमशक्ति गाउँमा भएपछि खेति पनि बढेको उहाँले बताउनुभयो । विगतमा किसानहरुले मल अभाव हुँदा सीमाक्षेत्रबाट आफै ल्याउने गरेपनि यो वर्ष लक डाउनका कारण सम्भव नभएपछि समस्या भएको उहाँको भनाई छ ।

कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो । दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६ ०७७ का लागि आह्वान भएको अन्तराष्ट्रिय बोलपत्रअनुसार २५—२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”

    संञ्चालक : अनिता चापागाँई
    सम्पादकअच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ

    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ