मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आर्थिक समृद्धिका लागि सहमती,सहकार्य र एकताको खाँचो : सांसद मोहन आचार्य


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३, २०७७
  • 1.2K
    SHARES
  • रसुवा,३ असोज।

पाँचौँ  संविधान दिवसको  अवसरमा शुभकामना दिदै सांसद मोहन आचार्यले अब देशलाई आर्थिक समृद्धि तर्फ अघि बढाउन र बिकास निर्माणको कार्यलाई तिब्रता दिन सबै राजनीतिक दलहरुबिचमा सहमती,सहकार्य र एकताको आवश्यकता रहेको बताउनु भएको छ।

नेपाली जनताको सात दशक लामो प्रयास पछि  जनताद्धारा निर्वाचित जनप्रतिनिधी मार्फत संविधान निर्माण भएको आजको दिन आफैँमा ऐतिहासिक दिन रहेको सांसद आचार्यले उल्लेख गर्नु भएको छ।

नेपाली काँग्रेसका संस्थापक नेताहरु विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराईले देखेको संविधानको सपना १२ वर्ष सशस्त्र व्दन्दमा बसेको तत्कालिन माओवादीलाई गिरीजाप्रसाद कोइरालाले संविधानको बाटोमा ल्याएर सुशील कोइरालाको नेतृत्वमा निर्माण भएको वर्तमान संविधानको कार्यान्वयनमा सबै लाग्नु पर्ने भन्दै सांसद आचार्यले संविधानको जगमा बनेको मुलुकले तीन तहको सरकार लाई कृयाशिल बनाई आम नागरिकको मुहारमा खुशी ल्याउन सके मात्र संविधानको मर्म पुरा हुने उल्लेख गर्नु भएको छ।

पाँचौँ संविधान दिवसको अवसरमा सांसद आचार्यले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदिबहीनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न गर्नु भएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }