शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संविधानलाई सर्वस्वीकार्य बनाउन काँग्रेस नेता जोशीको माग


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३, २०७७
  • 324
    SHARES

काठमाण्डौ,३ असोज।

नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले संविधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मेवारी काँग्रेसको भएको बताउनुभएको छ ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले संविधान दिवसका अवसरमा आज आयोजना गरेको ‘संविधान, लोकतान्त्रिक पद्धति र सरकारको कार्यशैली’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मा काँग्रेसको भएको बताउनुभएको हो ।

पूर्वमन्त्रीसमेत रहनुभएका नेता जोशीले सरकारले संविधानको मर्म र भावनाविपरीत काम गरेको आरोप समेत लगाउनुभयो । नेका केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको निशर्त पालना गर्नमा सरकार चुकेको बताउनुभयो । “वर्तमान सरकार संविधानलाई कमजोर पारेर आफू अनुकुल केन्द्रीकृत शासन प्रणालीतर्फ उन्मुख भएको छ,”उहाँले भन्नुभयो ।

राजनीतिक विश्लेषक लोकराज बराल, पत्रकार प्रतीक प्रधान, नेका पर्साका सभापति अजय द्धिवेदीलगायतले बहुमतका आधारमा सरकारले विधेयकलाई पारित गर्दै गएर संविधानको उपहास गर्न खोजेको बताउनुभएको थियो । उहाँहरुले संविधानलाई सर्वस्वीकार्य बनाउँदै अगाडि बढ्नुपर्ने धारणासमेत राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }