शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल–चीन सीमानाका सहज हुन नसक्दा केरुङमा रोकिए हजारौं कण्टेनर


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३, २०७७
  • 275
    SHARES

काठमाडौं, ३ असोज ।

नेपालीहरूको ठूला चाडपर्वको सिजन शुरू हुनै लाग्दा समेत नेपाल–चीन सीमानाका सहज हुन सकेको छैन । चीनसँगका दुई मुख्य भन्सार नाका तातोपानी असार २४ यता ठप्प छ भने केरुङ भन्सार आंशिक सञ्चालनमा रहेको भए पनि सहज रूपमा सामान पैठारी हुन सकेको छैन ।
रसुवागढी भन्सारमा अवरोध भइरहँदा १० महिनादेखि रोकिएका सामान अझै आउन नसकेको व्यवयायीले बताएका छन् ।

कोरोना महामारीका कारण गत माघदेखि उक्त नाका बन्द हुँदा व्यवसायीले त्यसअघि नै चीनबाट आयात गर्न लागेका तयारी लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सामग्री लगायतका हजारभन्दा बढी कन्टेनर नाकामै रोकिएका छन् । यस्तै तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालबाट चीनियाँ सामान आयात ठप्प भएको छ । २४ गते राति भोटेकोशी नदीमा भीषण बाढी पहिरोका कारण बाटो अवरुद्ध भएपछि उक्त नाकाबाट कुनै पनि सामान आयात भएको छैन ।

यी दुवै नाका बन्द हुँदा दशैंका लागि सामान ल्याउन पाइने÷नपाइने चिन्ता व्यवसायीको छ । नाकामा रोकिएका सामान छुटाउन चीनसँग कूटनीतिक पहलको आग्रह गर्दै व्यवसायीले सरकारका विभिन्न निकायमा ज्ञापनपत्रसमेत बुझाइरहेका छन् ।

सबैले यसमा पहल गरिदिने आश्वासन दिए पछि कार्यान्वयनमा केही पनि नभएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।
रसुवागढी भन्सारबाट चिनियाँ पक्षले फलफूलबाहेकका अन्य सामान दैनिक रूपमा पाँच गाडी मात्रै नेपाल प्रवेश दिने हुँदा महीनौंदेखि नाकामा अलपत्र नेपाली व्यवसायीहरूको सामान आयात असहज बनेको छ ।

यस्तै तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार लिपिङदेखि बाह्रबिसेसम्मको २९ किलोमिटर कोदारी राजमार्ग बाढी र पहिरोले कटान र खण्डहर बनाएपछि चीनियाँ पक्षले सामान पठाएको छैन ।

कोरोना महामारी, बाढीपहिरोका कारण नाका बन्द भएपछि सम्बद्ध व्यापारी व्यवसायी मारमा परेका छन् । बाढीपहिरोपछि नेपाली व्यापारीको सामान सहितका सयौं कन्टेनर चीनियाँ भूभागमा थन्किएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }