शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वित्तिय क्षेत्र स्थायित्वका लागि विश्व बैंकव्दारा २० करोड अमेरिकी डलर सहयोग


  • माउन्टेन खबर
  • आइतवार, अशोज ४, २०७७
  • 401
    SHARES

काठमाडौं, ४ असोज ।

विश्व बैंकले कोभिड–१९ को प्रभावग्रस्त वित्तिय क्षेत्रको स्थायित्व एवं उत्थानशीलताका लागि २० करोड अमेरिकी डलर अर्थात् झण्डै २४ अर्ब रुपैँया बराबर सहयोग प्रदान गरेको छ । यो सहयोगले नेपाली अर्थतन्त्र पुनस्र्थापनाको मार्गमा सहयोगी हुने विश्व बैंकले जनाएको छ ।

कोभिड–१९ को सन्दर्भमा सबैभन्दा पहिलो त मानिसहरुको जीवनको सुरक्षा पहिलो प्राथमिकता हो, यससँगै अर्थतन्त्रलाई गति प्रदान गर्नुपनि उत्तिकै र अत्यावश्यक छ,’ विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने , ‘यसले नेपालको पुँजी बजार, बीमा बजार र वित्तिय क्षेत्रलाई सशक्तिकरणमार्फत् कोभिड–१९ को प्रभावबाट बाहिर आउन प्रभावकारी योगदान गर्नेछ ।’

आर्थिक वृद्धिका लागि वित्त कार्यत्रलमले महामारीको असरमा वित्तिय क्षेत्रका जोखिमलाई सुपरिवेक्षण गर्न सहयोग गर्नेछ । यो कार्यक्रमले नियामकीय सुधारमार्फत् नेपालमा पुँजी बजार, बीमा बजार, भेञ्चर क्यापिटल, स्वपुँजी लगानी तथा वित्तिय बजारमा प्रकोपका जोखिम न्यूनीकरणमा मद्दत पु¥याउनेछ । यसले नयाँ लगानीका अवसरहरुका साथै निजी क्षेत्रको लगानीका लागि स्रोत उपलब्धतासहितको आकर्षण प्रदान गर्नेछ ।

यसका साथै घरपरिवारमा वित्तिय सेवा पु¥याउन, महिला र विभिन्न फर्महरुलाई नियामकीय र सेवा प्रवाहमा सुधार साथै प्रविधिको उपयोगका माध्यमबाट सहयोग प्रदान गर्नेछ । बाह्य मुलुकबाट आउने स्रोतको उपलब्धता बढाउने, डिजिटल सेवाहरु तथा क्रेडिट पूर्वाधार र जागरण कार्यक्रममार्फत् यसले परिवर्तन ल्याउने योजना बनाएको छ ।

कोभिड–१९ पछिका विद्यमान सामाजिक –आर्थिक समस्या समाधानका लागि वित्तिय क्षेत्रमा सरकारका मुख्य सुधारका अभियानलाई सहयोग गर्दै डिजिटल सेवा र सार्वजनिक खर्चमा परिपूरकको रुपमा निजी लगानी आकर्षित गर्नेमा यो कार्यक्रम सहयोगी हुने प्रोजेक्ट टास्क टिम लिडर पिटर मोस्लेको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }