बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने


  • माउन्टेन खबर
  • आइतवार, अशोज ४, २०७७
  • 481
    SHARES

नुवाकोट,४ असोज।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने बताउनभुएको छ ।

काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताउनुभयो ।

निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशतकाम सम्पन्न भइसकेको बताउनुभयो । कोरोनाका कारण जारी भएको लक डाउनका कारण समस्या देखिएपनि दशैअगाडी नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उहाँले बताउनुभयो ।

सिसडोल ल्याण्डफिल्ड साइड निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताउनुभयो । बर्खाको समय र लक डाउनका कारण केही ढिला भएपनि अहिले काम तिव्र गतिमा अगाडी बढीरहेको उहाँले बताउनुभयो ।

ल्याण्डफिल्डसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडी बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्नेगरी अगाडी बढिरहेको उहाँले बताउनुभयो ।

आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लक डाउन खुलेपछि रफ्तारमा काम अगाडी बढीरहेको बताउनुभयो । असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्र्तिक पहिलो हप्ता सबै काम सम्पन्न गर्नेगरी अगाडी बढीरहेको उहाँलेबताउनुभयो ।
बन्चरे डाँडाँमा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । बन्चरेडाडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि वर्षौसम्म फोहोर व्यवस्थापन गरिदा ल्याण्डफिल्ड साइड भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }