बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको ठुलोगाउँका युवाको सक्रियतामा जोखिमयुक्त बाटो निर्माण


  • माउन्टेन खबर
  • आइतवार, अशोज ४, २०७७
  • 1.1K
    SHARES

 

रसुवा, ४ असोज
रसुवाको उत्तरगया गाउँपालिका ३ ठुलोगाउँका युवाहरुले बर्षाका कारण बिग्रिएको बाटो मर्मत गरेका छन् । युवाहरु नै परिवर्तनको संवाहक हुन भन्ने नाराका साथ बर्षायाममा बिग्रिएका बाटो मर्मत गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ३ बिसौनाबारी टोल सुधार समितिका युवाहरुले नजिकैको झोलुङ्गे पुल छेउको भिर नजिक रहेको जोखिमयुक्त बाटो मर्मत गरेका हुन् ।

बर्षायाममा पहिरोले भत्किएको जुगेपानीको उकालो सिढीमा थुप्रिएको माटो हटाई सुरक्षित बाटो निर्माण गरिनुका साथै जुगेपानी देखि चिप्ले ढुङ्गा सम्म बाटो र ठुलोबारीदेखि बाहुनढाडसम्मको सिढीबाटो सरसफाई गरिएको टोल सुधार समतिका सदस्य सुमन गुरुङले जानकारी दिए । ‘

बर्षायामको समयमा पहिरोले पुरेको, कतिपय भत्किएको ठाउँ थियो, भत्किएको ठाउँमा ढुङ्गा राखेर सिढी बनायौ, पहिरोले माटो आएर थुप्रिएको ठाउँमा सबै सफा गरि आवतजावत गर्न सहज बनाएका छौँ, उनले भने, अब भुमेस्थान मन्दिरको र मन्दिर र अन्य गाउँभित्र रहेको मठमन्दिर सरसफाई पनि सरसफाई गर्ने योजनामा छौँ, ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }