बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

प्रा डा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइयो


  • माउन्टेन खबर
  • सोमवार, अशोज ५, २०७७
  • 759
    SHARES

जुम्ला,५ असोज।

जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई आज समिट एयरबाट जुम्लादेखि काठमाडौँ पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिनुभयो ।

“डा.केसी आफै काठमाडौँ जान मञ्जुर भएपछि हामीले पठाएका हौँ”, उहाँले भन्नुभयो, “उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रतिष्ठानका डा प्रविणलाई साथमा पठाएका छौँ ।”

पन्ध्रौ सत्याग्रह जुम्ला बस्नुभएका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै गर्नुभएको थियो ।

डा.केसीले भने दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौँ जाने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । काठमाडौं पुगेपछि भने सत्याग्रह जारी राख्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }