शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई नेकपा सचिवालयको आग्रह


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ६, २०७७
  • 414
    SHARES

काठमाण्डौ,६ असोज।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ ।
नेकपा सचिवालयको मंगलबार बालुवाटारमा बसेको बैठकले संवैधानीक व्यवस्था अन्तर्गत विभिन्न संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न सरकारलाई आग्रह गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्को बैठक छिट्टै राखेर संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको बताउनुभयो । त्यस्तै संवैधानिक परिषद्को बैठकलाई नियमित रुपमा सञ्चालन गर्न र संवैधानिक निकायका पदपूर्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउन पनि अनुरोध गरेको श्रेष्ठले बताउनुभयो । यसबाहेक पार्टीको साङ्गठनिक एकीकरणका बाँकी काम पुरा गर्न १० दिन भित्र अध्यक्ष द्वय र महासचिवले ठोस प्रस्ताव सचिवालयको बैठकमा प्रस्तुत गर्ने र त्यसका आधारमा छलफल गरी सचिवालयले टुङ्गो लगाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयको सन्दर्भमा दुई तीन दिन भित्रमा बैठक बसी निर्णय गर्ने निष्कर्ष पनि निकालेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । त्यस्तै स्थायी कमिटीको बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन प्रक्रियामा लैजाने सन्दर्भमा पनि बैठकमा छलफल भएको थियो । बैठकले पार्टी भित्रको एकता, समझदारी र विश्वासलाई सुदृढ गर्ने, पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने, सरकारको कामलाई प्रभावकारी ढंगले अगाडि बढाई सरकारको विश्वसनियता अझबढी बनाउने र सरकारलाई अझ सफल बनाउने दिशा तिर अगाडि बढ्ने विश्वास र अपेक्षा पनि बैठकले गरेको श्रेष्ठले बताउनुभयो । बैठकले मन्त्रिमण्डल पुनरगठनको सम्बन्धमा कुनै छलफल नगरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }