शुक्रबार, अशोज १४, २०७९

भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका प्रयासहरुबारे तयार पारिएको एक डेडिकेटेड वेबसाइटको शुभारम्भ


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ६, २०७७
  • 341
    SHARES

काठमाण्डौ,६ असोज।

नेपालका लागि भारतीय राजदूत विनय मोहनक्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा भर्चुअल समारोह मार्फत भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको एक डेडिकेटेड वेबसाइटको शुभारम्भ गर्नु भयो ।

भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरु अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरुकालागि उक्त वेबसाइट अंग्रेजी र नेपालीदुवै संस्करणमा उपलब्धहुनुका साथै सो वेबसाइट प्रयोगकर्ता मैत्रीपनि छ ।

www.goicbrinepal.com मागएर परियोजना सम्बन्धी जानकारी लिन सकिनेछ । उक्त वेबसाइट केन्द्रियभवन अनुसन्धान संस्थान(सीबीआरआई), रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको हो ।

वैज्ञानिक तथाऔद्योगिक अनुसन्धान परिषद् (सीएसआइआर) अन्तर्गत रहेको केन्द्रियभवन अनुसन्धान संस्थान(सीबीआरआई), रुड्कीभारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशालाहुनुका साथै परियोजनाकालागि डिजाइन तथा व्यवस्थापन परामर्शदाता पनिहो ।

आवास योजना, निर्माण सामाग्री, संरचना, निर्माण तथाप्रकोप न्युनीकरण जस्ता क्षेत्रहरुमाअध्ययन अनुसन्धानगर्ने सीबीआरआई भारतकै एक प्रमुख संस्थानहो ।

शिक्षा क्षेत्रका परियोजनाहरु मायी संस्थानहरुकोभूमिका पश्चात केन्द्रिय भवन अनुसन्धान संस्थान(सीबीआरआई), रुड्कीलाई भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण प्रयास अन्तर्गत स्वास्थ्य क्षेत्र परियोजनाहरुकालागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा पनि नियुक्त गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा देखाएको भूमिकाकालागि भारत सरकारको तर्फबाट भारतीय राजदूतावास र सीबीआरआई, रुड्कीको बीच हालै एउटा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्घताअनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेका छन् ।

विशेष गरी आवास क्षेत्रमा, गोरखा र नुवाकोट जिल्लामा ५०,००० घरहरु मध्ये ४६,००० घरहरु निर्माण भइसकेको अवस्था छ ।

७० वटा विद्यालयहरु, एउटा पुस्तकालय, १४७ वटा स्वास्थ्य संरचनाहरु र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु सहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजनाहरु पुनर्निर्माण÷रेट्रोफिटिङ्गका लागि कार्यान्वयनमा रहेका छन् ।

भारत सरकार भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु लगायत नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्न प्रतिबद्घ रहेको भारतिय दूतावास व्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ