बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

रामलखन जैसवालको मृत्यु संकास्पद नभएको वीर अस्पताल र केन्द्रिय कारागार कार्यालयले प्रष्टिकरण


  • माउन्टेन खबर
  • बुधबार, अशोज ७, २०७७
  • 656
    SHARES

काठमाण्डौ,७ असोज।
कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रिय कारागार कार्यालयले मृत्यु संकास्पद नभएको प्रष्टिकरण दिएको छ ।
असोज ३ गते राति ११ः ५५ बजे मृत्यु भएका जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको अस्पताल र केन्द्रिय कारागारले बताएको छ ।

घटनाका विषयमा जानकारी दिन आज भएको पत्रकार सम्मेलनमा जेलर लक्ष्मी प्रसाद बास्कोटाले तीनदिन देखि मृतकको शव, शवगृहमा राख्दा शवमा फोकाहरु रहेको, सन्निएको तथा मुख र नाकबाट तरल पदार्थ देखिएको बताउनुभयो । शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा शवमा सो लक्षणहरु देखिएको उहाँले बताउनुभयो ।

सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा हत्या गरी आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रमक समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले सिसिभिटी फुटेजबाट कारागारभित्र हतया भएको भन्ने तथ्य गलत भएको र बाँकी पोष्टमार्टम रिपोर्ट पछि थाहा हुने बताउनुभयो ।

वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले उपचारका लागि अस्पताल पु¥याइएका जैसवाल जीवित रहेको कुनै पनि लक्षण नरहेको बताउनुभयो । अस्पतालमा कुनै पनि प्रकारको उपचार नभएपनि पोष्टमार्टम गर्नुपर्ने भएकाले कारागारको आग्रह अनुसार पीसीआर परीक्षण गरिएको बताउनुभयो । वीर अस्पतालको शव राख्ने स्थान सामान्य कोठा भएको र गर्मि मौसम भएकाले शव सुनिने, फोका आउने, विभिन्न भागमा दाग देखिएको बताउनुभयो । बाहिर आएजस्तो शरीरमा कुनै चोटपटक भएको, आँखा निकालिएको भन्ने कुरा सहि नभएको उहाँले बताउनुभयो ।

अस्पतालको फरेन्सिक विभागमा कार्यरत डा. सुगम श्रेष्ठले तीन दिनपछि शव सुन्निएको, फोकाहरु देखिएको, मुख सुन्निएर चिन्नै नसकिने अवस्था भएको, जिब्रो बाहिर निकालेको र मुख र नाकबाट रगत बगेको देखिएको बताउनुभयो । भित्रि समस्या के थियो भन्ने कुरा पोष्टमार्टमपछि थाहा हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }