बिहिबार, अशोज २०, २०७९

रसुवागढी नाका आजदेखि सुचारु


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ८, २०७७
  • 146
    SHARES

काठमाडौं, ८ असोज ।

दशैं लगायत ठूला चाडपर्व नजिकिँदै गर्दा समेत चीनसँगका नाका नखुल्ने चिन्ताका बीच बुधवारदेखि रसुवागढी नाका भने सुचारु भएको छ । भदौ दोस्रो सातादेखि ठप्प रहेको उक्त नाकाबाट चिनियाँ पक्षले नेपाली व्यवसायीले आयात गरेका सामान पठाउन थालेका हुन् ।

बुधवार एउटा मात्र कन्टेनर भित्रिएकोमा चिनियाँ पक्षले आजदेखि दैनिक ५ कन्टेनर पठाउने जानकारी दिएको छ । कोभिड महामारीका कारण करिब ५ महिना ठप्प रहेको नाका जेठदेखि सुचारु भएकोमा नाका खटिएका श्रमिकमा कोरोना संक्रमण देखिएपछि पुनः बन्द रहेको थियो । सयौं सामान नाकामै रोकिएको तर थोरै परिमाणमा मात्र पठाइएकाले छिटो र सहज रूपमा पठाउने व्यवस्था मिलाइदिन भन्दै नेपाली व्यवसायीले सरकारसँग आग्रह गर्दै आएका छन् ।

नाका बारम्बार अवरोध हुँदा २० अर्ब बराबरको सामग्री रोकिएको व्यवसायीले बताएका छन् । नेपाल हिमालय सीमापार व्यापार संघका अनुसार केरुङ र खासामा गरी नेपाली व्यापारीका सामान बोकेका हजारभन्दा बढी कन्टेनर अड्किएका छन् । यीमध्ये ५० प्रतिशत लत्ताकपडा र जुत्ताचप्पल रहेको बताइएको छ ।

गतवर्ष सोही नाका हुँदै २७ अर्ब रुपैयाँभन्दा बढीको समान नेपाल भित्रँदा करीब ७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । यस वर्ष नाकामा बारम्बार अवरोध आउँदा १ अर्ब रुपैयाँको मात्रै समान नेपाल भित्रिएको छ । यसबाट ४० करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको भन्सार कार्यालय रसुवाको तथ्यांक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ