बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नागरिक सहयोगआबश्यक : शहरी विकास राज्यमन्त्री


  • माउन्टेन खबर
  • शनिबार, अशोज १०, २०७७
  • 380
    SHARES

काठमाण्डौ, १० असोज।

शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार साधना कलाकेन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको सहयोग भए मात्रै सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताउनुभएको हो । उहाँले अहिले सरकारले गरेका कामहरुप्रति सबैले आलोचना मात्रै गरिरहेकाले पनि समस्या देखिएको बताउनुभयो ।

करिब १० लाख मानिसहरुको पीसीआर परीक्षण गर्दा नै अर्बौं रुपैयाँ सकिएको तर नियन्त्रणमा आउन नसकेकोले सबैको सहयोगको आवस्यकता रहेको उहाँको भनाई छ ।

कार्यक्रममा राज्यमन्त्री मानन्धरले कलाकारिता क्षेत्रको विकासकोे पहिलो अधार एक श्रष्टाले अर्को श्रष्टालाई सम्मान गर्नु नै रहेको बताउनुभयो । श्रष्टा प्रतिको सम्मान नै कलाकारिताको पहिलो साधना भएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा राज्यमन्त्री मानन्धरले साधना कला केन्द्रले अनलाइन मार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गर्नुभएको छ ।

जसमध्ये प्रथम पुरस्कार ललितपुरकी कलाकार रुपा सापकोटाले प्राप्त गर्नुभएको छ । दोस्रो पुरस्कार दोलखाकी ममता तामाङ, तेस्रो पुरस्कार विराटनगरका डा. मन्जिल श्रेष्ठ र सान्त्वना पुरस्कार काठमाडौंका विमल रुचाल र निषादरत्न तुलाधरले प्राप्त गर्नुभएको छ । साधना कलाकेन्द्रले आयोजना गरेको गायन प्रतियोगितामा अनलाइन माध्यमबाट विभिन्न १३ देशमा रहेका कलाकारहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }