बुधबार, अशोज १९, २०७९

जनता उपचार र खाना नपाएर मरिरहेको तर सरकारले कुनै वास्ता नगरेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको आरोप


  • माउन्टेन खबर
  • शनिबार, अशोज १०, २०७७
  • 294
    SHARES

काठमाण्डौ, १० असोज।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनाउँदै लगेको बताउनु भएको छ ।
आज राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा धरासायी बनाउँदै लगेको बताउनुभएको हो ।

कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा मात्रै नभएर आफु पनि राजनीतिक रुपमा धरासायी बन्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरुमा कम्युनिष्टहरुले मुलुकलाई धरासायी पारे र आफुपनि त्यसरी नै धरासायी भए । अहिले त्यही बाटोमा नेपाल पनि छ । भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ । यतिका काण्ड त पञ्चायति समयमा पनि भएका थिएनन होला ।’’

अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिष्ट पार्टीबाट मुकुकको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

जनता उपचार र खाना नपाएर मरिरहेको भएपनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै उहाँले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताउनुभयो । लोक समाजवाद (समाजवाद, संघियता र लोकतन्त्र)को बाटोमा हिड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्ने तर्फ अगाडी बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । आज राजधानीमा भएको एक कार्यक्रमकाबीच विभिन्न पार्टी परित्याग गरेकाहरु जनता समाजवादी पार्टी प्रवेश गरेका हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ