बिहिबार, अशोज १३, २०७९

मन्त्रीपरिषद पुनर्गठनको तयारीमा प्रधानमन्त्री


  • माउन्टेन खबर
  • आइतवार, अशोज ११, २०७७
  • 375
    SHARES

काठमाडौ,११ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीपरिषद पुनर्गठनको तयारी गर्नुभएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल संगको निरन्तर छलफल पछि प्रधानमन्त्री ओली पुनर्गठनको तयारीमा लाग्नु भएको हो ।

पुनर्गठनको जानकारी गत शुक्रबारको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई दिइसक्नु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले केही साथीहरु बाहिरिनु पर्ने अवस्था आएको जानकारी गराउनु भएको थियो ।

आज १२ बजे बोलाइएको बैठक मन्त्रीहरुलाई धन्यवाद दिनका लागि हुनसक्ने एक मन्त्रीले जानकारी दिनुभयो ।  पूर्व एमाले र पूर्व माओवादीकै हिसाबमा मन्त्रालय भागबण्डा गर्दा नेताहरुलाई  व्यवस्थापन गर्न कठिन भएपछि हाल कायम रहेको तीन वटा मन्त्रालय टुक्राउने तयारी समेत भैरहेको छ ।  हाल कायम रहेका मन्त्रीहरुमध्ये करिब ४० प्रतिशत रहने तथा अरु मन्त्रीलाई बिदा गर्ने तयारीमा प्रधानमन्त्री रहनु भएको छ ।

नेकपा भित्र शक्तिसंर्घषका लागि अन्तरकलह बढ्दै जाँदा समस्या समाधानका लागि भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदनका आधारमा मन्त्रीमण्डलको पुनर्गठन हुन लागेको हो । पुनर्गठनका बारेमा सचिवालय र स्थायी समितिले समेत सहमति जनाइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”

    संञ्चालक : अनिता चापागाँई
    सम्पादकअच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ

    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ