मङ्लबार, बैशाख ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

खुल्यो भिमफेदी–कुलेखानी सडकखण्ड


  • माउन्टेन खबर
  • सोमवार, अशोज १२, २०७७
  • 420
    SHARES

काठमाण्डौ,१२ असोज।    अबिरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी–कुलेखानी सडकखण्ड आज बिहानदेखि खुलेको छ ।

उक्त सडकखण्डको भीमफेदी गाउँपालिका–६ र इन्द्रसरोवर गाउँपालिका–२ का विभिन्न स्थानमा गएको पहिरो पन्छाई आज बिहान ८ः०० बजेदेखि हेटौँडाबाट कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो खुलेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाटो खुलेसँगै काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीसाधन सञ्चालनमा आएको छ ।

त्यस्तै, हेटौँडाबाट सिस्नेरी हुँदै काठमाडौँ जाने सिस्नेरीको बाटो भने पहिराका कारण अझै अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त बाटो आज बेलुकासम्म पहिरो हटाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }