बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल विज्ञापन संघ

नेपाली मिडिया विज्ञापनको दररेटको सम्बन्धमा अस्पष्ट


  • माउन्टेन खबर
  • सोमवार, अशोज १२, २०७७
  • 238
    SHARES

काठमाण्डौ,१२ असोज। नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र रिजाल (शशि) ले नेपाली मिडिया विज्ञापनको दररेटको सम्बन्धमा अझैपनि स्पस्ट हुन नसकेको बताउनुभएको छ ।

नवगठित मिडिया एलायन्सका पदाधिकारीहरुको स्वागत गर्न सोमबार संघले काठमाडौंमा आयोजना गरको कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले मिडियामा हुने विज्ञापनको दररेट कति हो भन्ने सम्बन्धमा अझैपनि स्पस्ट हुन नसकिएको बताउनुभएको हो । विज्ञापन बोर्ड गठन भए मात्रै सबै मिडियाका विज्ञापनको दररेटको सम्बन्धमा नियमन हुने पनि उहाँको भनाइ छ ।

विज्ञापन बोर्ड गठन नभएसम्म विज्ञापनको दररेटको निक्र्यौल हुन नसक्ने पनि उहाँले बताउनुभयो । त्यसैले विज्ञापन संघले सरकारसँग सँधै विज्ञापन बजारलाई नियमन गर्ने निकायको रुपमा विज्ञापन बोर्ड गठन गर्न माग गर्दै आएको बताउनुभयो ।

विज्ञापनको क्षेत्रमा नियामक निकाय नहुँदा आफुहरुलाई सँधै दोशि देखाउने गरिएको पनि अध्यक्ष रिजालले बताउनुभयो । उहाँले सरकारसँग विज्ञापनसँग सम्बन्धित विज्ञता नहुँदा विज्ञापनमा व्यवसायिकता देखिन नसकेको उहाँले बताउनुभयो । सरकारले अवस्था बुझेर नियामक निकाय ल्याएमा थप ७ अर्बको व्यवसाय विस्तार हुने पनि उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }