बुधबार, अशोज १९, २०७९

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो


  • माउन्टेन खबर
  • सोमवार, अशोज १२, २०७७
  • 690
    SHARES

काठमाडौं, १२ असोज । यो साताको दोस्रो कारोबार दिन आज  शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आज परिसूचक नेप्से ४.७३ अंकले घटेर १५ सय ६०.८३ को विन्दुमा थामिएको छ ।

हिजो भने परिसूचक ४ अंकले सुधारिएको थियो । आज परिसूचक घटेसँगै कारोबारमा पनि कमि आएको छ । १ सय ९१ कम्पनीको १ अर्ब ६९ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। तर हिजो ३ अर्ब रुपैयाँ भन्दा माथिको शेयर कारोबार भएको थियो ।

यस्तै, आज विकास बैंक र फाइनान्स कम्पनीबाहेक अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंकको २.२४ र फाइनान्स कम्पनीको ११.४१ अंकले घटेको छ ।

सबैभन्दा धेरै शेयर कारोबार भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको ९करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कमाउनेमा भने नेपाल फाइनान्सका लगानीकर्ता रहेका छन् भने धेरै गुमाउनेमा पाँचथर पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ