शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमणको जोखिम

मालपोत कार्यालयमा भिड


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १३, २०७७
  • 313
    SHARES

कैलाली,१३ असोज। मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको भिड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम पनि बढेको छ ।

कार्यालय परिसरमा दैनिक सयौँको संख्यामा सेवाग्राही सेवा लिन आउने गरेका छन । जसका कारण संक्रमणको जोखिम बढेको छ ।

सुरक्षाका मापदण्ड पालना गर्दै विभिन्न सेवा क्षेत्र खुला गर्ने सरकारी नीति भएपछि असवाधानिका कारण कार्यालयका कर्मचारीहरुमा संक्रमण देखिन थालेको छ । कैलाली मालपोतमा पनि एक जना कर्मचारी संक्रमित भएका छन ।

मालपोत कार्यालय कैलालीमा सेवा लिन दैनिक सयौको संख्यामा सेवाग्राही आउने गरेका छन ।

असोज १ गतेबाट मालपोत कार्यालयको काम शुरु सँगै कार्यालयमा सेवाग्राहीको अत्याधिक भिड हुन थालेको हो । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै कार्यालय सञ्चालन गर्न भनेपनि कैलाली मालपोत त्यसको पालना हुन नसकेको सेवाग्रहीहरुको गुनासो छ ।

सुदूरपश्चिमको अस्थायी राजधानी तथा प्रदेशको मुख्य सहर धनगढीमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिसकेको आंकलन भइरहेपनि मालपोत कार्यालयको भिडले गिज्याइरहेको छ । सेवाग्राहीहरु संक्राण भन्दा काम समयमा सम्पन्न नहुँला समस्या हुने गरेको बताउँछन ।

मालपोत कार्यालय कैलालीले न त गेटमा ज्वरो नाप्ने गरेको छ, नत स्यानिटाइजर कै व्यवस्था गरेको छ । सेवाग्राही पनि मास्क समेत नलगाई लाइनमा ठेलमठेल गरेर उभिएका छन् ।

कार्यालयका अधिकारीहरुले भिडभाड व्यवस्थापन र भौतिक दूरी कायम गराउन खोजे पनि सम्भव नभएको बताउँछन् । कार्यालयका एक जनामा संक्रमण देखिएपछि तीन दिन कार्यालय शिल गरेका कारण पनि सेवाग्राहीको भिडभाड बढेको हुन सक्ने कार्यालयका प्रमुख सुरेन्द्र केसीले बताउनुभयो ।

भिडभाड नियन्त्रणका लागि अहिले दैनिक ७० जनालाई मात्रै सेवा दिने गरी टोकन प्रणाली सुरु गरिएको प्रमुख केसीले बताउनुभयो ।

अहिले मालपोत कार्यालयमा जग्गा किनबेच, रोक्का, फुकुवा जस्ता कामको लागी सेवाग्राही आउने गरेका छन । आम नागरिकमा कोरोनाको डरभन्दा कामको चिन्ता बढी देखिएको छ ।

कोरोना महामारीको संक्रमण बढीहेका बेला यसरी सरकारी कार्यालयहरुमा हुने भिडभाडले भयावह अवस्था आउने निश्चित छ ।

संक्रमण जोखिम कम गर्न सेवादिने कार्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सेवाग्राहीलाई समेत त्यसको पालना गर्न सचेत बनाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }