बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुपथ मूल्य पसल

बिहीवारबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १३, २०७७
  • 367
    SHARES
  • फाइल फोटो

काठमाडौं, १३ असोज । सरकारले दशैं, तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै यस वर्षको सुपथ मूल्य पसल आगामी बिहीवार (असोज १५) गतेदेखि सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार उक्त निर्णय गरेको हो, जसअनुसार सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले असोज १५ देखि आगामी मङ्सिर ६ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् ।

काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले पाँच÷पाँच स्थानका साथै दुग्ध विकास संस्थानले तीन स्थानमा यस्तो पसल सञ्चालन गर्ने भएका छन् । सुपथ मूल्य पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल, दाल, कर्णालीको सिमी, फापर, खानेतेल, आटा स्यानिटाइजर, इन्डक्शन चूलो, खसीबोकालगायत, साल्ट ट्रेडिङले चिनी, नून र दुग्ध विकास संस्थानले घीउ, पनिरलगायत खाद्यवस्तु विक्री गर्ने बताइएको छ ।

खाद्य व्यवस्था कम्पनीले काठमाडौं उपत्यकाका थापाथली, रामशाह पथ, लगनखेल, सूर्यविनायक र नक्खु विक्री केन्द्रमार्फत खाद्यवस्तु विक्री गर्ने भने साल्ट ट्रेडिङले घुम्ती पसलसमेत सञ्चालन गर्ने निर्णय भएको छ । यस्तै उपत्यकाबाहिर करीब १६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }