शुक्रबार, अशोज १४, २०७९

बजार अनुगमनलाई प्रभावकारी बनाउँ


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १३, २०७७
  • 144
    SHARES

काठमाण्डौ,१३ असोज। सांसदहरुले दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मुल्यबृद्धि गरेर कालोबजारी भइरहेकाले  नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मुल्यबृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् ।

सांसद देवेन्द्र पौडेलले बजार मुल्यमा समानता नभएको, अस्वभाविक रुपमा मुल्य बढेकोले नियन्त्रण गर्नुपर्ने बताउनुभयो । नियन्त्रणका लागि सम्बन्धित निकायलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिनुपर्ने उहाँले बताउनुभयो ।

सांसद भिमसेनदास प्रधानले दिनदिनै अस्वभाविक रुपमा मुल्यबृद्धि भइरहेको बताउनुभयो । मुल्यबृद्धि गर्नेलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो । अस्वभाविक रुपमा मुल्यवृद्धि गर्नेलाई सार्वजनिक गर्नुपर्ने समेत बताउनुभयो ।

सांसद सुजाता परियारले पनि दिनदिनै मुल्य बृद्धि भइरहेको बताउनुभयो । अनुगमन गर्ने अवस्था अहिले नभएकाले सम्बन्धित निकायलाई छलफलमा बोलाउनुपर्ने बताउनुभयो ।

समिति सभापति विमल प्रसाद श्रीवास्तवले मुल्य नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न निर्देशन दिने निर्ण भएको बताउनुभयो ।

समितिमा छलफलका लागि बोलाउने वातावरण नबनेसम्म सचिवालयलाई सम्बन्धित निकायलाई बोलाएर मुल्यवृद्धिका विषयमा सोधपुछ गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ