मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सम्बन्धित मन्त्रालयको प्रस्तावका आधारमा व्यवसाय खुल्ला गर्दै जाने


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १३, २०७७
  • 227
    SHARES

काठमाण्डौ,१३ असोज।  कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञापछि सेवा सञ्चालन गर्न बाँकि रहेका क्षेत्रहरु खोल्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले कोभिड १९ का कारण रोकिएका बाँकी सेवाहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निष्कर्षमा पुग्ने निर्णय गरेको छ ।

बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका क्षेत्रहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी प्रस्ताव ल्याउने सम्बन्धमा निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ त्यसको खाका पनि तयार गरेर लिएर आउने र फेरी त्यसमा पुन छलफल गरेर निर्णयमा पुग्ने भन्ने निर्णय भएको छ ।’

बैठकले तेस्रो मुलुकबाट उद्दारको क्रम जारी रहेको अवस्थामा उद्दार कार्यलाई थप व्यवस्थितगर्ने निर्णय पनि गरेको छ । सचिव गुरागाईंले भन्नुभयो ‘तेस्रो मुलुकबाट उद्दारको क्रम जारी रहेको अवस्थामा थप व्यवस्थित गरी थप उडानको व्यवस्था गरेर सिघ्र उद्दार गर्न बाँकी नेपाली नागरिकहरुको उद्दार गर्ने भन्ने निर्णय भएको छ ।’

बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई बढाउने निर्णय समेत गरेको छ ।

त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनामुलक सन्देशहरु तयार गरेर विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने व्यवस्था गर्ने सम्बन्धमा समेत निर्णय भएको सचिव गुरागाईंले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }