बिहिबार, अशोज १३, २०७९

चाडवाड लाग्यो

आजबाट चाडवाड लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 263
    SHARES

काठमाडौँ ,१५ असोज। दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउँदै छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यसता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि त्यसैको निरन्तरता हो ।

यो वर्ष उपत्यका र सुर्खेतका उपभोक्ताका लागि खाद्य व्यवसथा तथा व्यापार कम्पनीले बिक्री गर्ने चामल, दाल, गेडागुडीलगायत अनलाइनबाट खरिद गर्न सकिने थप व्यवसथा गरेको छ । यो वर्ष कोभिड–१९ का कारण भीडभाड नहोस् भनेर सरकारले खाद्य व्यवसथा तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत सामान खरिद गर्नसक्ने व्यवसथा गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवसथा तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संसथान (डीडीसी)ंले बिक्री गर्ने सामानमा न्यूनतम दुई रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म छुट हुनेछ ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दशैँ, तिहारलगायतका चाडपर्व ढिला भएकाले दशैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको जानकारी दिए । काठमाडौँ उपत्यकामा १६ सथानसहित देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने छ ।

एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ । ती सहुलियत मूल्य पसलमा चामलमा प्रतिकिलो पाँच रुपियाँ, नुनमा प्रतिकेजी दुई रुपियाँ, वासमती चामल, गेडागुडी वा कर्णालीको सिमीमा प्रतिकिलो १० रुपियाँ छुट पाइने छ भने चिनीमा प्रतिकेजी पाँच रुपियाँ छुट पाइने छ । त्यसतै च्याङ्ग्रा र खसीबोकामा जिउँदो मूल्यमा प्रतिकेजी रु। १० छुट दिइने मन्त्रालयले जनाएको छ । डीडीसी घिउमा प्रतिलिटर ३० रुपियाँ छुट दिने भएको छ ।

खाद्य व्यवसथा तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संसथानले सहुलियत पसल सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । यसतै काठमाडौँमा तीनवटा घुम्ती पसल सञ्चालन गर्ने तयारी पनि छ । देशैभरमा साल्ट ट्रेडिङले ३५ वटा, खाद्य व्यवसथा तथा व्यापार कम्पनीले ३० वटा र दुग्ध विकास संसथानले सबै विक्री केन्द्रमा छुट दिनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

काठमाडौँ उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”

    संञ्चालक : अनिता चापागाँई
    सम्पादकअच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ

    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ