बुधबार, अशोज १९, २०७९

आईएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच नगदरहित कारोवार प्रर्बधन गर्न सम्झौता


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 296
    SHARES

काठमाण्डौ,१५ असोज।  आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स)बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गर्नु भयो।

सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमा सम्म हयाम्स हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सकिने कंम्पनीव्दा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ह्याम्स हस्पिटलले आफना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने भएकाले ढुक्क भएर सेवा लिन आह्वान गर्नु भएको कंम्पनीव्दा जारी विज्ञप्तिमा उल्लेख छ। ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ