मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिडका कारण हवाई क्षेत्रले मासिक ४ अर्ब रुपैयाँको आय गुमाइ रहेको


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 243
    SHARES

काठमाण्डौ,१५ असोज।  कोभिड १९ का कारण नेपालको हवाई क्षेत्रमा ठूलो क्षति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

नीजि क्षेत्रको मात्रै १ खर्ब लगानी रहेको हवाई क्षेत्रमा कोभिडका कारण मासिक ४ अर्ब आय गुमाउनु परेको प्राधिकरणले बताएको हो । प्राधिकरणले मात्रै आर्थिक वर्ष २०७६÷७७ मा ४३ प्रतिशत आम्दानी गुमाएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनुभयो । आन्तरिक उडानतर्फ यो वर्ष ३६ देखि ३८ प्रतिशत यात्रु संख्यामा गिरावट आउने उहाँले बताउनुभयो । नेपालमा मार्च २०२० मा ७३ प्रतिशत हवाई यात्रु घटेकोको उल्लेख गर्दै उहाँले २४ देखिको लक डाउन र निषेधाज्ञा अवधिमा शत प्रतिशत यात्रु कम भएको बताउनुभयो ।

कोभिडको प्रभावकाबीच प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि उल्लेख काम गरेको उहाँले बताउनुभयो । विमानस्थलमा नयाँ प्रस्तान कक्ष निर्माण सम्पन्न भएर सञ्चालनमा आएको महानिर्देशक पोखरेलले बताउनुभयो । अहिले दुई वटा वाइडबडी बाहिर अटाउने मिल्ने गरी ठूलो पार्किङ क्षेत्र विस्तार गरेको, अन्तर्राष्ट्रिय यात्रु चेकिङ व्यवस्थित गरिएको र बुटिक एयरपोर्ट निर्माणको काम जारी रहेको उहाँले बताउनुभयो ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का अनुसार कोभिडको सबैभन्दा बढी प्रभाव एशिया प्रशान्त क्षेत्रमा परेको छ । आइकाओका अनुसार गतवर्षको जनवरी देखि अगष्ट २०२० सम्म वायुसेवा कम्पनीहरुले ८६ प्रतिशत यात्रुबाट हुने आम्दानी गुमाएका छन । सन् २०२० को अन्तसम्म अघिल्लो वर्षको तुलनामा ७० देखि ७४ प्रीतशत अन्तर्राष्ट्रिय यात्रु घट्ने अनुमान आइकाओले गरेको छ । अन्तराष्ट्रिय हवाई यातायात संघले हवाई क्षेत्र कोभिड पूर्वको अवस्थामा फर्किन सन् २०२४ सम्म कुर्नुपर्ने अवस्था आएको बताएको छ ।

सरकारले कोरोनाका कारण हवाई क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न विभिन्न राहत प्याकेज दिएको छ । लक डाउन सुरु भएदेखि नियमित उडान सुरु भएको मितिले एक महिनासम्म विसान शुल्क, कोठा काउन्टर, पसल कवल तथा स्थानको बहालमा ७५ प्रतिशत छुट दिएको छ । यस्तै लक डाउन अवधिबाट असोज १ पछिसम्म निविकरण अवधि भएका वायुसेवा संञ्चालन प्रमाणपत्र र एयरवर्दिनेश प्रमाणपत्रमा ५० प्रतिशत छुट दिने निर्णय पनि सरकारले गरेको छ ।

विमानस्थललाई बुझाउन बाकी शुल्क डिसेम्बरसम्म म्याद थप गर्ने, विमानस्थल शुल्क नियमावली, २०६७ बमोजिम नियमित रुपमा बुझाउनुपर्ने विमानस्थल शुल्कहरु भुक्तानी गर्ने अवधि डिसेम्बरसम्म कायम गरिएको छ । यस्तै मौद्रिक नीति मार्फत बैंकको साँवा र ब्याज एक वर्षसम्म बुझाउन नपर्ने र साँवा ब्याजको पुनर्तालिकाकरण र वायुसेवा कम्पनीलाई बैंकबाट रिफाइनान्सीङको व्यवस्था गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }