शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको उत्तरगया गाउँपालिकाको एक बिद्यालयमा जोरबिजोर प्रणाली मार्फत पठनपाठन


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 601
    SHARES

 

लोकेन्द्र तामाङ (लाङटाङ खबर ), रसुवा, १५ असोज,

रसुवाको उत्तरगया गाउँपालिकाको एक बिद्यालयमा जोरबिजोर प्रणाली मार्फत पठनपाठन सुरु भएको छ । जिल्लाको उत्तरगया गाउँपालिका २ स्थित श्री पञ्चलिङ्गे आधारभूत विद्यालयले जोरविजोर प्रणाली मार्फत पढाई सुरु गरेको हो । कोभिड १९ का कारण रोकिएको शैक्षिक सत्रलाई विद्यालयले जोरविजोर प्रणाली मार्फत सुचारु गरेको विद्यालयका प्रधानध्यापक उमेश बगालेले जानकारी दिए ।

कोभिड १९ का कारण देशभरका शैक्षिक संस्था गत चैत्र महिनादेखि बन्द छन् । शैक्षिक सत्रको आधा समय सकिसक्दा पनि विद्यालय खुलाउनेबारे सरकारले ठोस निर्णय लिइसकेको छैन । यसै क्रममा रसुवाको पञ्चलिङ्गे आधारभूत विद्यालयले भने विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताएको छ । प्रधानध्यापक बगालेका अनुसार विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षक संघसँगको छलफल पश्चात विद्यालय खोल्ने निर्णय भएको हो । अभिभावकहरुले नै विद्यालय खोल्नुपर्ने सुझाव दिएकाले विद्यालय सुचारु गर्न आफूलाई थप सहज भएको उनको भनाई छ ।

नेपाल सरकारले विद्यालय स्तरका विद्यार्थीलाई डिसहोम र रेडियो नेपाल मार्फत पढाईने कार्यक्रम ल्याईएको छ । तर सबै विद्यार्थीको पहुँचमा ईन्टरनेट, टेलिभिजन र रेडियो नभएकोले पनि आफूहरु विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगेको प्रधानध्यापक बगालेको भनाइ छ । विद्यालयले गरेको सर्वेक्षण अनुसार ३ प्रतिशत विद्यार्थीहरु मात्रै टेलिभिजनको पहुँचमा रहेको भेटिएको हो । रेडियोको पहुँचमा पनि थोरै मात्रै विद्यार्थी रहेको भेटिएको थियो । सुरुवाति समयमा शिक्षकहरु विद्यार्थीको घर घर गएर पढाउने निर्णय गरीएको थियो । तर भौगोलिक विकटताका कारण सम्भव भएको थिएन । विद्यालयदेखि २ घण्टाको दूरीमा पर्ने विद्यार्थीहरुको घर जान आउन शिक्षकहरुलाई समस्या परेको थियो । विद्यार्थीहरु नै विद्यालय आउन ईच्छुक देखिएको र अभिभावकको पनि सहमति भएकोले केहि दिनदेखि विद्यालय खुलाईएको स्कुलले जनाएको छ ।

नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुरुप भौतिक दूरीलाई मध्यनजर गर्दै विद्यालयले जोरविजोर प्रणाली मार्फत विद्यार्थीलाई बोलाउने गरेको छ । जोर दिनमा ४, ६,८ कक्षा र विजोर दिनमा ५ र ७ कक्षाको विद्यार्थी विद्यालय आउने गरेका छन् । शिशु कक्षादेखि ३ कक्षासम्मका विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी हाल विद्यालय बोलाईएको छैन । तत्काल पाठ्यक्रमभन्दा पनि विद्यालय, शिक्षक र विद्यार्थीबिच सहजीकरण गर्ने कार्य भैरहेको छ । साथै मास्क भने विद्यार्थी आफैले ल्याउनुपर्नेछ । विद्यालय खुलाउने निर्णयसँगै वडाले एक सय मास्क प्रदान गरेको प्रधानध्यापक बगालेले जानकारी दिए । असोज १४ गते रसुवा जिल्ला कार्यालयले शैक्षिक सत्र नखोल्न सूचना जारी गरेकोले विद्यालय सञ्चालनमा के गर्ने भन्नेबारे पुन बैठक बस्ने उनले जनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }