शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्री परिषद् निर्णय

करका दर र अन्तशुल्क घटाउने सरकारको निर्णय


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 662
    SHARES

काठमाण्डौ,१५ असोज।     सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको बताउनुभयो । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताउनुभयो । यो व्यवस्था आजै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १६९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२६ (क)को कसुर सम्बन्धी मुद्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ । तेजाव पीडितको नाम र फोटो प्रकाशित गरी सहायोग संकलनको नाममा रकम उठाउने कार्य पनि गैह्रकानूनी ठहर गरिएको र त्यस्तो कामगर्ने कसुरमा दण्डाधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको हो ।

यस्तै मुख्य सचिव लोकदर्शन रेग्मीले मिति २०७६ असोज १५ गते देखि लागू हुनेगरी राजीनामा दिएकोमा सोही मितिदेखि लागू हुनेगरी स्वीकृति भएको छ ।
मुख्य सचिव पदमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागि बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ ।

पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई संयुक्त राष्ट्र अमेरिकाका लागि आवासिय राजदूत पदमा र पनामा, कोष्टारिका, मेक्सीको, होन्डुरस, क्वाटेमालका लागि गैर आवासिय नेपाली राजदूत पदमा नियुक्तीका लागि सिफरिस गरेको छ । त्यस्तै पूर्व मूख्यसचिव लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्यका लागि आवासिय राजदूत र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र मालटाका लागि गैह्र आवासिय नेपाली राजदूत पदमा नियुक्तीका लागि गैह्र आवासिय नेपालस् राजदूत पदमा नियुक्तीका लागि सिफरिस गर्ने निर्णय पनि गरेको छ । त्यस्तै डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासिय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायतका देशका लागि ग्रैह्रआवसिय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।

अक्टुबर ६ देखि ७ सम्म भर्चुअल रुपमा हुने नेपाल–बंगलादेश व्यापार वार्ताका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा १२ सदस्यीय नेपाली वार्ता टोली गठन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

उद्योग विभागमा रहेको एकल विन्दुसेवा केन्द्र र खानि विभाग अन्तर्गत रहेको पेट्रोलियम अन्वेश्वण परियोजना र ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिमा आर्थिक वर्ष २०७७÷०७८ का लागि राजपत्राङ्कित स्तरका २८ पदको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }